मुख्य समाचार
ट्वान्टी-२० विश्वकप : पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो
ट्वान्टी-२० विश्वकप : पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो

— ट्वान्टी-२० विश्वकप क्रिकेटको पहिलो खेलमा अमेरिकाले सानदार जित हात पारेको छ । डालासमा भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले हराएको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १४ बलअगावै भेट्टाएको हो । अमेरिकाका लागि आरोन जोन्सले विस्फोटक ब्याटिङ गरे । उनले अविजित रहँदै ४० बलमा १० छक्का र ४ चौका गरी ९४ रन बनाए । त्यस्तै एन्ड्रिएस गोसले ४६ बलमा ३ छक्का र ७ चौकाको सहयोगमा ६५ रन बनाए । क्यानडाका लागि कलीम साना, डिलन हेलिगर र निखिल दत्तले १/१ विकेट लिए ।




यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए । त्यस्तै निकोलस किर्टोनले ५१ रन बनाउँदा श्रेयस मोव्वाले ३२ रन बनाए । अमेरिकाका लागि अली खान, हर्मीत सिंह र कोरी एन्डरसनले १/१ विकेट लिए ।

विश्वकपको दोस्रो खेलअन्तर्गत आजै वेस्ट इन्डिज र पपुवा न्यु गिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण विराटनगर किङ्सबाटै खेल्ने भएका छन् । विराटनगरले शनिबार सामाजिक सञ्जालमा पोस्ट राख्दै सन्दीपलाई मार्की खेलाडीकै रूपमा रिटेन गरिएको जनाएको छ । उनी पहिलो सिजन विराटनगरको कप्तान पनि थिए । विराटनगरको प्रदर्शन भने राम्रो भएको थिएन । विराटनगरले ७ खेलमा २ जित मात्र निकालेर ...
। ब्राजिलियन क्लब फ्लुमिनेस फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा साउदी क्लब अल हिलाललाई २–१ ले पराजित गर्दै फ्लुमिनेस अगाडि बढेको हो । अमेरिकाको अर्लान्डोस्थित क्याम्पिङ वर्ल्ड स्टेडियममा भएको खेलमा ब्राजिलियन क्लब फ्लुमिनेसले सशक्त प्रदर्शन गर्दै जित हात पारेको हो। खेलको ४०औं मिनेटमा म्याथियस मार्टिनेलीले पेनाल्टी बक्सबाहिरबाट शानदार लेफ्ट फुटेड शट ...
। इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विहान भएको क्वाटरफाइनल खेलमा ब्राजिलको पाल्मेइरासलाई २-१ गोल अन्तरले हराउँदै चेल्सीले अन्तिम ४ मा स्थान बनाएको हो । चेल्सीको जितमा कोल पाल्मरले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पाल्मेइरासका एस्तिभाओले गरेको गोल सान्त्वना बन्यो । खेलको १६औं मिनेटमा पाल्मरले गोल ...
: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। ...
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...