मुख्य समाचार
मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन
मुगुमा यार्चा संकलकबाट ६९ लाख राजश्व संकलन

— मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्चा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ ।

गत वर्ष यार्चा संकलकबाट करिब ४६ लाख राजश्व संकलन भएको र यो पटक ६९ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।


यार्चा राजश्व संकलन टाली प्रमुख एवम् मुगुम कार्मारोङ गाउँपालिकाका आन्तरिक लेखा परीक्षक महेशबहादुर मल्लले यार्चा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रति ब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रति ब्यक्ति २ हजारका दरले प्रवेश शुल्क उठाइएको बताए ।

यो पटक यार्चाबाट करिव ७० लाख राजश्व संकलन हुन सक्ने अनुमान गरिएको उनले बताए । पाटनमा यार्चा टिप्न धेरै मानिस पाटन गइसकेको र केही फाँटफुट मानिस जाने क्रम जारी रहेको र उनीहरुबाट प्रवेश शुल्क उठाउने गरिएको मुगुम कार्मारोङ गाउँपालका–२ का वडाअध्यक्ष च्यावा लामाले बताए ।

कोराना महामारीका कारण ४ वर्षसम्म यार्चाबाट उठ्न सकेको थिएन । गतवर्ष भने ४६ लाख रुपैयाँ राजश्व उठेको थियो ।


मुगुम कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङखोला लगायत ७ वटा स्थानमा यार्चा टिप्ने गरिएको छ । यसपटक करिब साढे ४ हजार मानिसहरु यार्चा टिप्न यहाँ आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दुई बीमा कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल सरकारद्वारा स्थापित कोषमा मंगलबार नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर खनाल समक्ष हस्ताक्षर गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो चेक हस्तान्तरण गरे । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट ...
। नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा लाइन काटिएको लामो समय भएका कारण त्यसको मध्यमार्गी बाटो निकाल्न पहलमात्र गरिएको बताएको छ । महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘महासंघले काटिएको लाइन जोड्ने, धरौटीका रूपमा एउटा किस्ता तिर्ने र कानुनी प्रक्रियामा जाने गरी सहमति गरेको हो ।’ महासंघ कुनै ...
— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ । हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र ...
: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि ...
। नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ...