मुख्य समाचार
उद्योगलाई बिजुली नदिई ‘खुद निर्यातकर्ता’ बन्ने तयारीमा विद्युत् प्राधिकरण : परिसंघ
उद्योगलाई बिजुली नदिई ‘खुद निर्यातकर्ता’ बन्ने तयारीमा विद्युत् प्राधिकरण : परिसंघ

— नेपाल विद्युत् प्राधिकरणले दैनिक ४ सय मेगावाट बिजुली निर्यात गरिरहे पनि स्वदेशी उद्योगहरुले पर्याप्त विद्युत् नपाएको बताएका छन् । नेपाल उद्योग परिसंघले स्वदेशी उद्योगहरुमा लोडसेडिङ यथावत राख्दै प्राधिकरणले विद्युत निर्यात गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाएका हो ।

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउनेतर्फ ध्यान नदिई स्वदेशी उद्योगहरुको प्रवर्द्धनमा सहयोग गर्न परिसंघले आग्रह गरेको छ । उद्योगहरुलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत मात्रै निर्यात गर्न परिसंघको माग छ ।


‘विद्युत प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत निर्यात गरेको समाचार संचार माध्यमहरुमा प्रकाशित भएका छन्,’ परिसंघको विज्ञप्तीमा भनिएको छ, ‘सरकारले स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन प्रयासरत रहेको बताइरहदा सरकारी निकाय नै रहेको विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुलाई मारेर कसरी विद्युत निर्यात गर्न सक्यो भन्नेमा हामी चिन्तित भएका छौं ।’

विद्युत उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरुलाई विद्युत उपलब्ध गराउन आग्रह गर्दैै आएका परिसंघले जनाएको छ । प्राधिकरणले विद्युत आयात गर्दा महंगो पर्ने तर्क गर्दै विद्युत आयात नै नगरेको परिसंघको आरोप छ । ‘प्राधिकरणले विद्युत् आयात नगर्दा विगत तीन महिनाअघि देखि उद्योगहरु मारमा परेका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।

विद्युत् बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु भनेको प्राधिकरणले आफुलाई ‘खुद निर्यातकर्ता’ देखाउन खोजेको पुष्टि गरेको परिसंघले जनाएको छ । प्राधिकरणको यस कार्यको परिसंघ खेद प्रकट गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दुई बीमा कम्पनीले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल सरकारद्वारा स्थापित कोषमा मंगलबार नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ करोड रुपैयाँको चेक अर्थमन्त्री रामेश्वर खनाल समक्ष हस्ताक्षर गरेको छ। उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सो चेक हस्तान्तरण गरे । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट ...
। नेपाल उद्योग वाणिज्य महासंघले उद्योगहरूमा लाइन काटिएको लामो समय भएका कारण त्यसको मध्यमार्गी बाटो निकाल्न पहलमात्र गरिएको बताएको छ । महासंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्तो जानकारी दिएका हुन् । उनले भने, ‘महासंघले काटिएको लाइन जोड्ने, धरौटीका रूपमा एउटा किस्ता तिर्ने र कानुनी प्रक्रियामा जाने गरी सहमति गरेको हो ।’ महासंघ कुनै ...
— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ । हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र ...
: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि ...
। नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ...