मुख्य समाचार
रियल कीर्तिमानी १५औं पल्ट युरोपेली च्याम्पियन
रियल कीर्तिमानी १५औं पल्ट युरोपेली च्याम्पियन

— रियल म्याड्रिडले वेम्बलीमा बोरुसिया डर्टमन्डले तेर्स्याएको बलियो चुनौतीलाई फाइनलमा शनिबार २–० ले निस्तेज पार्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । रियल युरोपेली च्याम्पियन भएको यो कीर्तिमानी १५औं पल्ट हो ।

प्रशिक्षकका रूपमा कार्लो एन्सेलोटीले पाँचौं पल्ट च्याम्पियन्स लिग जितेका छन् । खेलका दुवै गोल दोस्रो हाफको मध्य भागमा भएको थियो । डानी कारभाजालले ७४ औं मिनेटमा हेडबाट गोलको खाता खोले । त्यसको नौ मिनेटपछि भिनिसियस जुनियरले दोस्रो गोल थपे । डर्टमुन्डको फाइनल यात्रा धेरैका लागि अपत्यारिलो रहेको थियो । तर उसले निर्णायक भिडन्तमा रियलमाथि लगातार दबाब भने कायम राख्यो ।


युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा रियल सबैभन्दा सफल टिम रहेको छ र यो क्रमलाई उसले यसपल्ट पनि कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एएफसी एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको अन्तिम खेल आज उज्बेकिस्तानसँग खेल्दैछ। तास्केन्तस्थितमा नेपाल र उज्बेकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ९:१५ मा सुरु हुनेछ। समूह एफमा दुवै टिमले भुटान र लाओसलाई पछि पार्दै शीर्ष दुईमा पुगेका हुन्। समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा स्थान बनाउने भएकाले नेपाली महिला फुटबलका लागि महत्त्वपूर्ण छ। ...
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...