मुख्य समाचार
कुवेतमा ११ दिनदेखि रसुवाकी युवती सम्पर्कविहीन
कुवेतमा ११ दिनदेखि रसुवाकी युवती सम्पर्कविहीन

: रोजगारीका लागि कुबेत पुगेकी उत्तरगया गाउँपालिका –४ की २९ वर्षीया कमला वाइवा ११ दिनदेखि हराइरहेकी छन्।


उनको खोजी कार्य गरिदिन आफन्तले अनुरोध गरेका छन् ।

रोजगारीका लागि २१ महिनाअघि कुवेत पुगेकी कमला वाइवा बेपत्ता भएपछि खोजी कार्य जारी रहेको छ । परिवारले खोजीका लागि सामाजिक अभियन्ता सावित्री अधिकारीलाई र सबै सञ्चार माध्यमममा अनुरोध गरेका छन् ।




छोरीसँग अन्यत्र काम गर्ने वा नेपाल फिर्ता पठाइदिने भनेर कम्पनीले पासपोर्ट मागेपछि सम्पर्कविहीन भएको र अधिकारीको पहलमा खोजी भइरहेको परिवारले बताएको छ। खोजीका लागि सक्दो सहयोग गरिदिन कमलाका बाबु काजीमान वाइवाले सवैलाई अनुरोध गरेका छन् । वाइवा समेत २६ जना कुवेतमा हराइरहेको सूचना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...
। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस ...
: हमासद्वारा बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। ...
: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ। विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे। 'यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। उहाँहरूको मृत्युको कारण अझै पुष्टि ...
। कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको छ । ‘१२/१५ जना उपचारका क्रममा छन् । केही शवहरू पनि छन् । कारणबारे हामी बुझ्दैछौं,’ ...