मुख्य समाचार
उत्तर कोरियाले दोस्रो जासुसी स्याटेलाइट प्रक्षेपण गर्ने
उत्तर कोरियाले दोस्रो जासुसी स्याटेलाइट प्रक्षेपण गर्ने

उत्तर कोरियाले छिट्टै दोस्रो जासुसी भूउपग्रह प्रक्षेपण गर्ने तयारी गरेको छ । उत्तर कोरिया आफैंले यो जानकारी जापानलाई दिएको हो। यसको पुष्टि गर्दै जापान कोस्ट गार्डले उत्तर कोरियाले मे २८ देखि जुन ४ सम्ममा भूउपग्रह प्रक्षेपण गर्ने जनाएको छ । तर, उत्तर कोरियाले यो प्रक्षेपणको मिति भने दिएको छैन ।


समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार उत्तर कोरियाले जापानी तटरक्षकले पूर्वी एसियामा समुद्री सुरक्षा जानकारी साझा गर्ने भएकोले जापानलाई उपग्रह प्रक्षेपणको बारेमा जानकारी दिएको जनाइएको छ।




दक्षिण कोरिया, जापान र चीनका नेताहरू सोमबार पहिलो त्रिपक्षीय बैठकमा भेला भएका थिए। यसै क्रममा उत्तर कोरियाको यो कदमको जानकारी बाहिर आएको छ । जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिका, दक्षिण कोरिया र अन्य देशलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् । उनले प्रक्षेपण स्थगित गर्ने प्रयास गर्नुपर्ने साथै कुनै पनि आपतकालीन अवस्थामा उपयुक्त कारबाही गर्न पनि तयार रहन उनले आग्रह गरे।

दक्षिण कोरियाको सेनाले पनि उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त गरेको पुष्टि गरेको छ । उत्तर-पश्चिममा अवस्थित टोङचाङ्ग्री प्रक्षेपण सुविधाबाट उपग्रह प्रक्षेपण गरिने छ। यस वर्षको सुरुमा उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले सन् २०२४ मा ३ वटा जासुसी उपग्रह प्रक्षेपण गर्ने तयारी गरिरहेको घोषणा गरेका थिए ।
यसअघि नोभेम्बरमा उत्तर कोरियाले पहिलो जासुसी उपग्रह प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण तेस्रो प्रयासमा सफल भएको थियो। उक्त समय उत्तर कोरियाले यो भूउपग्रहमार्फत अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिमाथि नजर राख्न सक्ने बताइएको थियो ।

संयुक्त राष्ट्रसंघद्वारा उत्तर कोरियामाथि प्रतिबन्ध

आणविक र ब्यालेस्टिक मिसाइल र स्याटेलाइट प्रक्षेपणलाई लिएर संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । यसका बाबजुद पनि क्षेप्यास्त्र परीक्षण निरन्तर भइरहेको छ । मिडिया रिपोर्टका अनुसार उत्तर कोरियाले सन् २०२२ यता १०० भन्दा बढी मिसाइल परीक्षण गरिसकेको छ ।

उत्तर कोरिया भूउपग्रह प्रक्षेपण र क्षेप्यास्त्र परीक्षण गर्ने अधिकार आफूसँग रहेको मान्यता राख्छ। उत्तर कोरियाले जासुसी उपग्रह प्रक्षेपणले अमेरिका र दक्षिण कोरियाको गतिविधिलाई राम्रोसँग निगरानी गर्न मद्दत गर्ने बताएको छ । यससँगै परमाणु क्षेप्यास्त्रबाट सही आक्रमण गर्ने क्षमता पनि बढ्ने जनाएको छ।

फोनवार्तामा अमेरिका, जापान र दक्षिण कोरियाका राजदूतहरूले उत्तर कोरियाले यो प्रक्षेपण स्थगित गर्नुपर्नेमा सहमति जनाएका छन् । उनले यदी उत्तर कोरियाले स्याटेलाइट परीक्षण गरेमा यसले संयुक्त राष्ट्र सुरक्षा परिषद्का कैयौं प्रतिबन्धहरूको उल्लङ्घन हुने दैनिक भास्करको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउममाथि बीच सडकमै यौन दुर्व्यवहार भएको छ । मेक्सिकी सहरमा नागरिकहरुसँग कुराकानी गरिरहेका बेला भीडबाट आएका एक पुरुषले उनीमाथि यौन दुर्व्यवहार गरेका हुन् । राष्ट्रपति शेनबाउमले ती पुरुषविरुद्ध मुद्दा दायर गरेकी छिन् । मादक पदार्थ सेवन गरी आफूलाई दुर्व्यवहार गरेको घटनामा मुद्दा दायर गर्दै उनले यस घटनालाई ‘सबै महिलामाथिको आक्रमण’ भनेकी ...
— अमेरिकाको न्यूयोर्कस्थित ब्रुकलिनमा एक यहुदी धार्मिक स्कुल (येशिवा)को भित्तामा नाजी लोगोलाई लिएर विवाद उत्पन्न भएको छ । न्यूयोर्क सहरको मेयरमा जोहरान मम्दानी निर्वाचित भएलगत्तै यो घटना भएको हो । यहुदी स्कुलको भित्तामा जर्मन तानाशाहा हिटलरको चिह्न स्वस्तिक बनाइएको छ । यस घटनामा मम्दानीले पनि आफ्नो प्रतिक्रिया दिएका छन् । न्यूयोर्क पोस्टका अनुसार म्याडाउनल्ड एभेन्युस्थित म्यागन डेभिड ...
— अमेरिकी शहर न्युयोर्कको नगरप्रमुख निर्वाचित भएका भारतीय मूलका चर्चित युवा जोहरान मम्दानीले आफ्नो क्षेत्रकी सांसद् अलेक्जेन्ड्रिया ओकासियो कर्तेज (एओसी) लाई भेट्न नेपाली रेष्टुरेन्ट छानेका छन् । बिहीबार एक्समा मम्दानीले म:म, चिकेन तन्दुरी, दुध चिया, आलु लगायत परिकार खाँदै गफ गरिरहेको तस्बिर पोस्ट गरेका छन् । ‘मेयर निर्वाचित भएको पहिलो दिन अत्यन्तै व्यस्त रह्यो: एकाबिहानै अन्तर्वार्ता, ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'क्रोधित' भन्दै टिप्पणी गरेका छन्। उनले ममदानी सुरूदेखि नै गलत दिशामा गइरहेको र सफल हुने सम्भावना समेत नरहेको दावी गरेका छन्। फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भनेका छन् ,'मलाई लाग्यो कि उनको भाषण धेरै क्रोधित थियो, विशेष गरी मेरो ...
: फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तीमा ८५ जनाको मृत्यु भएको छ। अधिकारीका अनुसार कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक हो। यस कारण लाखौँ मानिस आफ्नो घर छोडेर भाग्नु परेको छ। कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका सहरलाई डुबानमा पारेको छ। यसमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ। अधिकारीहरूले अन्य ७५ जना ...