मुख्य समाचार
स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आलु, प्याज र स्याउमा अभिवृद्धि कर खारेज गरेका हौं : अर्थमन्त्री
स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आलु, प्याज र स्याउमा अभिवृद्धि कर खारेज गरेका हौं : अर्थमन्त्री

: अर्थमन्त्री वर्षमान पुनले नेपाली उत्पादन र लगानी प्रवर्द्धन गर्न आलु,प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज गरेको बताएका छन्। बुधबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न आलु प्याज स्याउलगायत तरकारी एवं फलफूलमा लागेको अभिवृद्धि कर खारेज गरेको जानकारी गराएका हुन्।


'आलु, प्याज र स्याउमा गत वर्ष भ्याट लगाउँदा धेरै विरोध भएको थियो। हाम्रो आन्तरिक उत्पादनमाथि संरक्षण गरेन। प्रतिस्पर्धी हुन सक्दैन। हामी खरिद गरेर अथवा आयातित गरेरै खान भयौं भन्ने खालको आरोप थियो,' उनले भने,'यसपटक हटायौं। यसको राम्रो म्यासेज देखेका छौं।'

यसबाट स्वदेशी उत्पादनमा टेवा पुग्ने उनको भनाइ छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा स्याउ र तरकारीमा भ्याट छुट गरेको छ। मन्त्री पुनले मदिरा,बियर ,सू्र्ती र चुरोटमा अन्तशुल्क कर बढाएको र औषधि, इन्डक्सन, काजु, बदाममा भने छुट सहुलियत दिएको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नबाँड्ने भएको छ। दसैँका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले पछिल्लो समय सुकिला नोट मात्र बाँड्न थालेको हो। दसैँतिहारलक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ। दसैँमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई बजारमा ...
: कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ पुस्तालाई उद्यम व्यवसायमा आकर्षित बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना नीतिमा सरलीकृत गर्नुपर्ने बताएका छन्। कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहीबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय बैंक तथा वित्तीय संस्थाहरूसँगको छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले झन्झटिलो प्रक्रियाले उद्यमशीलता गर्ने चाहना हुँदा हुँदै पनि रोकिनु परेको तर्फ बैंकहरूको ध्यानाकर्षण ...
— राष्ट्र बैंकले १ सयबाहेक अरु दरका भारतीय मुद्रा (नोट) साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ । हाल नेपालमा एक सयभन्दा अरु दरका भारतीय मुद्रा कारोबार गर्न बन्देज छ । यद्यपि केही नेपालीले भारु २ सय, ५ सय र २ हजार दरका नोट साथमा लिएर हिँडेको अथवा ओसारपसार गरेको भेटिएपछि ...
— सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ। विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो। हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ३ वर्षदेखि १५ वर्ष अवधिसम्मका रहेका छन्। अहिले ३ वर्षका लागि विकास ऋणपत्र–२०८५ ‘ढ’ बोलकबोलमार्फत ...
: गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब रुपैयाँभन्दा बढी रेमिटेन्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। २०८२ असार महिनाको विप्रेषण आप्रवाह १ खर्ब ८९ अर्ब ...