मुख्य समाचार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन पठाइएको दक्षिण कोरियाको दावी
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन पठाइएको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले शौचलयमा प्रयोग हुने पेपर (ट्वइलेट पेपर) र जनावरको मलजस्तो देखिने फोहोरले भरिएका बेलुनहरू दक्षिण कोरियामा पठाएको स्थानीय सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन्। सियोलको सेनाले प्योङयाङको यस तुच्छ कार्यको निन्दा गरेको छ।


उत्तर कोरियाले यस सप्ताहन्तमा सियोलसँग बदला लिन सीमावर्ती क्षेत्रहरूमा फोहोरको वर्षा गर्ने चेतावनी दिएपछि फोहोरले भरिएको र संदिग्ध मलमूत्रले भरिएका सेतो बेलुनको व्यापक तस्बिरहरू दक्षिण कोरियाली सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए।

'उत्तर कोरियाली प्रचारका लागि पठाइएका हुनसक्ने पर्चा र अज्ञात वस्तुहरू ग्योन्गी–गाङवोन सीमा क्षेत्रमा पहिचान गरिएको छ र सेनाले अनुसन्धान गरिरहेको छ,' सियोलका सेना प्रमुखले भने।




'नागरिकहरू बाहिरी गतिविधिहरूबाट टाढा रहन, कुनै पनि अज्ञात वस्तुहरूको सम्पर्कमा नआउन र यस्ता घटनाबारे नजिकको सैन्य आधार वा प्रहरी कार्यालयलाई जानकारी दिन भनिएको दक्षिण कोरियाली अधिकारीबाट एएफपीले प्राप्त गरेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, 'उत्तर कोरियाको यसप्रकारका कार्यहरूले स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दछ र हाम्रा जनताको सुरक्षालाई गम्भीर खतरा पुर्‍याउँछ, केही बेलुनहरूमा फोहोरजस्तो देखिने वस्तु रहेको र सेनाले जाँच गरिरहेको छ। हामी उत्तर कोरियालाई आफ्नो अमानवीय र निम्न–वर्गका कार्यहरू तुरुन्तै रोक्न कडा चेतावनी दिन्छौं।'

कहिलेकाहीँ दक्षिण कोरियालीहरूले पनि किम जोङ–उन शासन विरोधी प्रचारका लागि पर्चा र उत्तरी सिमानामा बस्ने मानिसहरूका लागि पैसा राखिएका बेलुनहरू उत्तरतर्फ छोड्ने गरेका थिए। प्योङयाङ सम्भवतः कडा रूपमा नियन्त्रित समाजमा बाहिरी जानकारीको आगमनले किम शासनका लागि खतरा निम्त्याउन सक्छ भन्ने चिन्ताको कारण लामो समयदेखि दक्षिणको यस्तो प्रचार अभियानहरूबाट क्रोधित भएको र केही समय पहिल बदला लिने चेतावनी दिएको थियो।

रक्षा उपमन्त्री किम काङ् इलले आइतबार एक विज्ञप्तिमा भने, 'सीमा क्षेत्रहरू नजिकै आरओकेद्वारा बारम्बार पर्चाहरू र अन्य फोहोर छरेको बदलामा यस्तै कारबाही गरिनेछ। फोहोर चाँडै सीमा क्षेत्र र दक्षिण कोरियाको भित्री भागमा छरिनेछ र तिनीहरूलाई हटाउन कति मेहेनत आवश्यक छ भन्ने प्रत्यक्ष अनुभव हुनेछ।'

सन् १९५०–५३ को कोरियाली युद्ध अन्त्यका लागि गरिएको युद्धविराम समाप्त भएदेखि दुवै राष्ट्रहरू प्राविधिक रूपमा युद्धमा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...