मुख्य समाचार
मुगुमा यार्सा गुम्बा संकलन गर्न गएको मौका छोपेर लुटपाट, ४ जना घाइते
मुगुमा यार्सा गुम्बा संकलन गर्न गएको मौका छोपेर लुटपाट, ४ जना घाइते

: मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्पु गाउँका स्थानीयहरू यार्सा सकंलन गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका छन्। उक्त समूहले दुईवटा आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै शनिबार बेलुका ५ बजे स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका हुन्।


समूहले गाउँमा रहेका ५८ मध्ये २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई हतियार देखाउँदै लुटपाट गरी भागेको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए। अध्यक्ष लामाका अनुसार गाउँमा रहेका गुम्बाका पुजारीलाई कुटपिट गरेका थिए।




समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्दा डोल्पु गाउँका ५३ वर्षीय दोर्जे तामाङ सोही गाउँकै २६ वर्षीया टोमा छोईङ तामाङ १८ वर्षीया शान्ति तामाङ र १७ वर्षीय पेमा दोर्जे तामाङ घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भए पनि सञ्चार सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
घटना शनिबार बेलुकी ५ बजेतिर भए पनि सञ्चार सम्पर्क नभएका कारण आइतबार बिहान मात्र प्रहरीले सूचना पाएको हो। सूचना पाए पछि पुलु प्रहरी चौकीबाट प्रहरी आइतबार बेलुका घटनास्थलमा पुगेको हो। सीमा प्रहरी चौकी मुगुबाट पनि प्रहरी त्यहाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी छन्। आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको कार्यकाल छोटो रहेपनि एकीकृत,दिगो र सक्षम सामाजिक सुरक्षा प्रणाली निर्माण गर्न सरकार गम्भीर भएर लाग्ने बताएकी हुन्। नेपाल जस्तो मुलुकमा सामाजिक सुरक्षा अन्तरपुस्ता लागत ...
: राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ। बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो। बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी ...
: नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता घोषणा भएको छ। आज पत्रकार सम्मेलन गरेर नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता भएको हो। नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर गरेको पत्रमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ। ...
: सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा प्रतिव्यक्ति ३ हजार बढाएको छ। यसअघि ६ हजार ५ सय शुल्क रहेकामा बुधबारबाट लागू हुनेगरी बढाएर ९ हजार ५ सय रुपैयाँ बनाइएको छ। तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए। भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ...
: नेपाली कांग्रेस विशेष महाधिवेशन हस्ताक्षरकर्ताहरुले विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेका छन्। कांग्रेस विशेष महाधिवेशन हस्ताक्षर अभियानका तर्फबाट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार वैधानिक रूपमा अघि सारेको मागलाई नेतृत्वले बेवास्ता गरेको भन्दै विधान बमोजिम तत्काल पार्टीको महाधिवेशन सुनिश्चित गर्न माग गरेको हुन्। कांग्रेसको आन्तरिक ...