मुख्य समाचार
बंगलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै
बंगलादेशको खाडीबाट शक्तिशाली आँधी आउँदै

: बंगलादेशले बंगालको खाडीबाट शक्तिशाली आँधी आउन लागेपछि आइतबार जोखिममा रहेका क्षेत्रबाट करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारेको छ। आँधीले आइतबार मध्यराततिर बंगलादेश र भारतको पश्चिम बंगालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ।


भारतको मौसम विज्ञान विभागले आइतबार राति पश्चिम बंगालको सागर टापु र बंगलादेशको खेपुपारा क्षेत्रमा १ सय २० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा आँधी चल्ने अनुमान गरेको छ।

बंगलादेशका प्रकोप व्यवस्थापन तथा राहतका लागि कनिष्ठमन्त्री मोहिबुर रहमानले मुलुकको तटीय क्षेत्रमा चार हजार आँधी आश्रयबाट मानिसहरूलाई निकाल्न स्वयंसेवकहरूलाई खटाइएको बताए। सरकारले अर्को सूचना जारी नभएसम्मका लागि सबै विद्यालय पनि बन्द गरेको छ।




भारतको कोलकाता विमानस्थल आइतबार रातिदेखि २१ घन्टाका लागि बन्द रहनेछ। बंगलादेशले दक्षिणपूर्वी सहर चट्टोग्राममा विमानस्थल बन्द गरेको छ भने कक्स बजारबाट आवागमन हुने सबै आन्तरिक उडान रद्ध गरेको छ।

बंगलादेशी अधिकारीहरूले मुलुकको सबैभन्दा ठूलो बन्दरगाह चटगाउँमा लोडिङ र अनलोडिङलाई पनि निलम्बित गरेका छन् भने सावधानीका रूपमा एक दर्जनभन्दा बढी जहाजहरूलाई घाटहरूबाट गहिरो समुद्रमा लैजान सुरु गरेका छन्।

जुनदेखि सेप्टेम्बरसम्म चल्ने यस वर्षको मनसुन सिजनअघि बंगालको खाडीमा यो पहिलो आँधी हो। भारतको पश्चिम बंगाल राज्यका तटीय जिल्लाहरूमा अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने अनुमान गरिएको छ। करिब एक मिटर अग्लो आँधीका कारण तटीय पश्चिम बंगाल र बंगलादेशका तल्ला क्षेत्रहरूमा बाढी आउने अनुमान गरिएको छ। यस्ता आँधीले रुखहरू उखेल्नसक्ने र फुसका घर तथा बिजुली र सञ्चार लाइनहरूलाई ठूलो क्षति पुर्‍याउन सक्ने विज्ञप्तिमा बताइएको छ।

भारतका तटहरू प्राय आँधीहरूबाट प्रभावित हुन्छन् तर जलवायु ढाँचामा भएको परिवर्तनका कारण आँधी थप तीव्र भएको छ। यसबाट प्राकृतिक प्रकोपहरूका लागि तयारी अत्यावश्यक भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेसेजिङ्ग प्लाटफर्म ह्वाट्सएपलाई अहिले कुनै परिचयको आवश्यकता पर्दैन । यो हरेक मोबाइल प्रयोगकर्ताको सञ्चारको प्रमुख माध्यम नै बनेको छ । मेटा कम्पनीको स्वामित्वमा रहेको ह्वाट्सएपका विश्वभरमा ३ अर्ब प्रयोगकर्ता छन् । व्यक्तिगतदेखि व्यवसायिक कामसम्ममा यसको प्रयोग हुने गर्दछ । तर विश्वका अर्बौं मानिसले प्रयोग गर्ने ह्वाट्सएप कतिपय देशमा भने प्रतिबन्धित छ । ह्वाट्सएपमाथि प्रतिबन्ध लगाइएका ...
: विगत १२ महिनामा औसत वैश्विक तापक्रम रेकर्ड उचाइमा पुगेको र यो अभूतपूर्व रहेको नासाको विश्लेषणले देखाएको छ । ‘हामीले जलवायु सङ्कटको सामना गरिरहेका छौँ भन्ने स्पष्ट छ’, नासाका प्रशासक बिल नेल्सनले एक समाचार विज्ञप्तिमा भने, ‘विश्वभरका समुदायहरूले अभूतपूर्व सङ्ख्यामा प्रत्यक्षरूपमा अत्यधिक गर्मी महसुस गरिरहेका छन् ।’ पछिल्लो १२ महिनाको औसत विश्वव्यापी तापक्रम २०औँ शताब्दीको आधारभूत ...
। नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागु गर्न माग गरेको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु महासंघको दोस्रो महाधिवेशनमार्फत महासंघले मोबाइल फोनको अवैध कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्ने माग गरेको हो । ‘एमडीएमएस प्रणाली लागु नहुँदा अवैध कारोबार बढ्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस्, सरकारले त्यसका लागि तत्काल एमडीएमएस प्रणाली लागु ...
एप्पलको वार्षिक सम्मेलनको रुपमा रहेको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२४ सोमबारदेखि सुरु हुँदैछ। जुन १४ सम्म चल्ने उक्त बहुप्रतिक्षित कार्यक्रममा एप्पलले आफ्ना विभिन्न सफ्टवेयरहरु घोषणा तथा सार्वजनिक गर्ने गरेको छ । यसपटकको डेभलपर्स कन्फ्रेन्समा आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित विभिन्न ठूला घोषणाहरू समेत हुने अपेक्षा गरिएको छ । साथै यसपटक एप्पलले एउटा नयाँ एप समेत लञ्च गर्ने समाचारहरु समेत सार्वजनिक ...
— एनसेलले मोबाइल सेवाको अनुमतिपत्र तेस्रो पटक नवीकरणका लागि दस्तुरहित बुझाएको निवेदन स्वीकृत गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले अस्वीकार गरेको छ । दूरसञ्चार सेवा प्रदायक एनसेलले गएको सोमबार (जेठ १४) मा ४ अर्ब रुपैयाँ दस्तुरसहित निवेदन बुझाएको थियो । तर, ५ वर्षको नवीकरणबापत कुल २० अर्ब रुपैयाँसँगै अन्य बक्यौता रकम चुक्ता गरे मात्रै लाइसेन्स नवीकरण हुने प्राधिकरणको ...