मुख्य समाचार
अदालतको अवहेलनामा बूढानीलकण्ठका मेयरसहित ४ जना प्रतिनिधिलाई एक–एक महिना कैद
अदालतको अवहेलनामा बूढानीलकण्ठका मेयरसहित ४ जना प्रतिनिधिलाई एक–एक महिना कैद

: जिल्ला अदालत काठमाडौंले अदालतको फैसला नमानेको र कार्यान्वयनमा अटेर गरको भन्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीसहित ४ जनप्रतिनिधिलाई जनही एक महिना कैद सजाय सुनाएको छ।


न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतको फैसलाको सम्मान नगरी अवज्ञा गरेको देखिएको जनाउँदै सजाय गरेको हो। मेयर अधिकारीसँगै वडा १० का अध्यक्ष नवराज भट्टराई, वडा ८ का अध्यक्ष सुमन तामाङ र वडा १० का सदस्य चन्द्रमान श्रेष्ठलाई उक्त सजाय सुनाएको हो।

अदालतले २०८० मंसिर १७ गते चन्द्रबहादुर थापाले हालेको जग्गा विवादको मुद्दामा नगरपालिकाका विपक्षमा फैसला सुनाएको थियो। उक्त जग्गा एक सय दिनभित्र व्यक्तिलाई उपयोग गर्न दिनू भनी आदेश गरिएको थियो। तर, कार्यान्वयन नगरेको भन्दै थापाले पुनः निवेदन दिएका थिए। सो मुद्दामा काठमाडौं जिल्ला अदालतले गत जेठ ११ गते आदेश सुनाएको हो।




बूढानीलकण्ठ नगरपालिकाले पठाएको पत्रमा विवादित जग्गा सार्वजनिक प्रयोजनका लागि आवश्यक रहेको भनिएको थियो। थापाले उक्त बदलामा पाएको जग्गा पनि सोभन्दा पहिले नै राज्यले शोधभर्ना स्वरूप लिएको थियो। ‘सो स्थानमा पनि जग्गा राज्यलाई चाहिन्छ भन्ने हो भने पूरै जीवन वैकल्पिक वासस्थानका लागि भौंतारिनुपर्ने अवस्था देखिन आएको छ। नगरपालिकाले जग्गा चाहिन्छ भन्ने र समयमा निकासा नदिएर कब्जामै राखिराख्न मिल्दैन,’ आदेशमा भनिएको छ, ‘यी वादीले १५/१६ वर्षपश्चात् मात्र श्रेस्ता पाउन सफल भएको अवस्थामा जीवनभर राज्यविरुद्ध मुद्दा लड्दै हिँड्ने भन्ने हुँदैन।’ अदालतले सजायका लागि मुलुकी देवानी संहिताको दफा २३८ (१६) प्रयोग गरेको छ।

‘प्रतिवादीहरूले अब ६० दिनभित्र संरचना हटाई निवेदक एवं वादीलाई चलन दिई कब्जा छाडिदिएको प्रतिवेदन पेस गरेमा उक्त कैद असुल गर्न पर्दैन’, आदेशमा भनिएको छ। अदालतले ६० दिनभित्र पनि संरचना हटाइ नलगेमा अदालतबाट संरचना हटाइदिन र लागेको खर्च बूढानीलकण्ठ नगरपालिकाबाट असुल गर्न पनि आदेश दिएको छ। ‘संरचना नहटाउने कार्यले अदालतको फैसलाको सम्मान नगरेको देखिन आएको छ,’ आदेशमा भनिएको छ, ‘यस अदालतको फैसला माथिल्लो अदालतबाट बदर नभएसम्म सो फैसला अक्षरशः कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यसमा पनि नगरपालिकाजस्तो राज्य शक्तिको प्रयोग गर्ने नियकाले यो वा त्यो वहानामा अदालतको फैसलालाई अन्यथा हुने गरी काम व्यवहार गर्न मिल्दैन।’

आदेशमा थापाको सम्पत्तिसम्बन्धी हक अधिकारलाई नगरपालिको अतिक्रमण गरेको देखिएको उल्लेख छ। ‘यसो गर्ने अधिकार राज्यको हुँदैन। प्रतिवादीले अदालतको फैसलाको सम्मान नगरी अवज्ञा गरेको समेत देखिन आएको छ,’ आदेशमा भनिएको छ। पुन चलन चलाई पाउँ भनि परेको रिट निवेदनमा निवेदक थापाका तर्फबाट अधिवक्ता ज्योति बानियाँले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेलम्ची खानेपानी आयोजनाको बाँध रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथान क्षेत्रमा पानी पर्न थालेपछि काठमाडौंंमा पानी पथान्तरण बन्द गर्ने तयारी मेलम्ची खानेपानी विकास समितिले गरेको छ। पानी परेपछि आउन सक्ने बाढी पहिरोजस्ता जोखिमलाई मध्यनजर गर्दै गत वर्षजस्तै यसपटक पनि पानी बन्द गर्ने तयारी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए। ‘ठ्याक्कै यही मितिबाट ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरिएको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए। गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि ...
: जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ। बिहीबार दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो। अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका ...
: राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‍घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी भएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले महानिर्देशक ...
: अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए। मुत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (बिकास)को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र ...