मुख्य समाचार
कांग्रेसका पूर्व केन्द्रिय सदस्य, जिल्ला सभापतिसहितका नेता एमालेमा प्रवेश
कांग्रेसका पूर्व केन्द्रिय सदस्य, जिल्ला सभापतिसहितका नेता एमालेमा प्रवेश

: नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य,जिल्ला सभापति एमालेमा प्रवेश गरेका छन्। एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम् नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास, सुनसरीका पूर्व जिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका हुन् ।


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली काङ्ग्रेस , नेकपा माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकीकृतलगायतका पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेकालाई स्वागत गरेका हुन्।

ओलीले नयाँ प्रतिनिधिहरूले नयाँ एजेन्डा लिएर सत्यको पक्षमा रहेर जनताको हक हितमा लाग्न सुझाव दिएका छन् । उनले नेकपा एमालेले सुशासनको काम गर्ने बताए ।




ओलीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेकपा एमाले देशकै ठूलो र लोकतान्त्रिक पार्टी भएको बताए । उनले भने, ‘नेकपा एमाले मात्रै यस्तो पार्टी हो, जसले आफ्ना कार्यकर्ताको भावना र मर्का सुन्छ, बुझ्छ।’ फरक प्रसङ्गमा ओलीले अहिले कांग्रेस रवि लामिछानेको पछि हात धोएर लागेको बताए।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व राज्यमन्त्री विश्वासले आफू जस्ता धेरै नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा रहेको तर सबै पीडित भएर बसेको बताइन्। उनले भनिन्, ‘कांग्रेसमा परिवारवाद हाबी भयो, बस्ने वातावरण भएन र हामीले विद्रोह गर्‍यौँ, परिवारवादको अत्याचार अन्त्य, लोकतन्त्र र गणतन्त्र रक्षाको निम्ति नेकपा एमाले प्रवेश गरेका हौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेलम्ची खानेपानी आयोजनाको बाँध रहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथान क्षेत्रमा पानी पर्न थालेपछि काठमाडौंंमा पानी पथान्तरण बन्द गर्ने तयारी मेलम्ची खानेपानी विकास समितिले गरेको छ। पानी परेपछि आउन सक्ने बाढी पहिरोजस्ता जोखिमलाई मध्यनजर गर्दै गत वर्षजस्तै यसपटक पनि पानी बन्द गर्ने तयारी रहेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए। ‘ठ्याक्कै यही मितिबाट ...
: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई विकासको बाटोतर्फ अघि बढाउने राष्ट्रिय शक्ति एमालेलाई निर्णायक तहमा पुग्न नदिन मिथ्या प्रचार गरिएको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित एमाले जिल्ला कमिटी भक्तपुरको नवनिर्वाचित कमिटीको सपथ तथा प्रमाणपत्र वितरण कार्यक्रममा अध्यक्ष ओलीले एमालेलाई निर्णायक तहमा पुग्न नदिन पशुपतिको जहलरीदेखि गिरिबन्धुसम्मको मिथ्या प्रचार गरिएको बताए। गिरीबन्धुलाई बेथिति गर्नबाट रोक्नका लागि ...
: जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ। बिहीबार दिउँसो निर्वाचनको तयारी भए पनि अन्तिममा सम्पूर्ण जिम्मेवारी अध्यक्ष यादवलाई दिने निर्णय गरेको हो। अध्यक्षमा भने यादव हिजो नै निर्विरोध निर्वाचित भइसकेका छन्। महाधिवेशनमा अध्यक्षबाहेक नेतृत्वका लागि आजका लागि तय भएको निर्वाचन तालिका ...
: राष्ट्रपति रामचन्द्र पौडेलसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोले शिष्टाचार भेट गरेका छन्। स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‍घाटन सत्रमा मुख्य वक्ताका रूपमा सहभागी भएका राष्ट्रपति पौडेल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक हुंग्बोबीच स्वीजरल्याण्डको जेनेभामा आज भेटवार्ता भएको हो। भेटमा राष्ट्रपति पौडेलले महानिर्देशक ...
: अविरल वर्षासँगै आएको पहिरोमा परी ताप्लेजुङमा ४ जनाको मृत्यु भएको छ। फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएराति करिब साढे १ बजे पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए। मुत्यु हुनेमा फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रबिन साम्रा (बिकास)को बुवा ७० वर्षीय रामबहादुर साम्रा, आमा ५० वर्षीया जसमाया साम्रा, जुम्ल्याहा बहिनी गंगा र ...