मुख्य समाचार
अप्रत्यासित नतिजाको दाउमा नेपाल
अप्रत्यासित नतिजाको दाउमा नेपाल

: आईसीसी टीट्वेन्टी विश्वकप सुरु हुन अब एक साता मात्रै बाँकी छ। आगामी जुन २ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि सहभागी सबै २० वटै टोली तयारीमा जुटेका छन्। सहभागीलाई २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ। दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाल समूह ‘डी’मा छ। यो समूहमा पूर्वविजेता श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल छन्। नेपालले दोस्रो पटक टीट्वेन्टी विश्वकप खेल्न लागेको हो। यसअघि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो। त्यतिबेला घरेलु टोली बंगलादेशसँग पराजित भएको नेपालले अफगानिस्तान र हङकङलाई हराएको थियो। तर, नेट रनरेटमा पछि परेपछि शीर्ष आठमा पुग्न भने असफल भएको थियो। त्यसैले नेपाल यसपटक पनि आफ्नो दोस्रो सहभागितालाई उपलब्धिमूलक बनाउने योजनामा छ।


एसोसिएट राष्ट्रमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल रोहितकुमार पौडेलको कप्तानीमा छ। टोलीमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान बनाएका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, करण केसी, गुलशन झालगायतका उत्कृष्ट युवा खेलाडीको समिश्रण छ। यसभन्दा पनि महत्वपूर्ण व्यक्ति छन्, मुख्य प्रशिक्षक मोन्टी देसाइ। उनको प्रशिक्षणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएकाले टीट्वेन्टी विश्वकपमा पनि उलटफेर नतिजा ल्याउने विश्वास धेरैको छ। नेपालले टीट्वेन्टी विश्वकपमा अहिलेसम्म तीन खेल खेलेको छ। सन् २०१४ को विश्वकपमा नेपालले तीन खेल खेल्दा दुई जित र एक हारको नतिजा निकालेको थियो।

नेपालको समूहमा रहेका अन्य चार राष्ट्रमा सबैभन्दा बलियो टोली श्रीलंका र दक्षिण अफ्रिका हो। श्रीलंका पूर्वविजेता भए पनि पछिल्लो समय टोलीको प्रदर्शन खस्किएको छ। त्यसैले टीट्वेन्टी विश्वकपमा श्रीलंकाको मुख्य उद्देश्य भनेकै पछिल्लो समय खस्किएको मनोबल र प्रदर्शन उच्च बनाउनु हो। श्रीलंकाका कप्तान अलराउन्डर वानिन्दु हसरंगाले पनि टोलीको पुरानो लयलाई फर्काउनु आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै आएका छन्। श्रीलंकन टोलीमा हसरंगासहित चारिथ असलंका, कुशल मेन्डिस, पाथुम निसंका, कामिन्दु मेन्डिस, सदिरा समराविक्रमा, एन्जेलो म्याथुज, धनन्जय डी सिल्भा, माथिसा पाथिरानालगायत खेलाडी छन्। श्रीलंकाले सन् २०१४ बंगलादेशमा आयोजना भएको विश्वकप जितेको थियो। यस समूहमा बलियो मानिएको दक्षिण अफ्रिकाले सन् २००९ र २०१४ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ। ठूला प्रतियोगितामा ‘अभागी टोली’को छवि बनाएको दक्षिण अफ्रिकामा एडेन मारक्रमसहित जेरार्ड कोइज, क्विन्टन डी कक, रिजा हेन्डरक, मार्काे जेन्सन, हेनरिक क्लासेन, डेविड मिलर, कागिसो रबाडालगायत चर्चित खेलाडी छन्। एडेन मारक्रमको कप्तानीमा दक्षिण अफ्रिका यसपटक ‘अभागी टोली’ नभइ भाग्यमानी टोली बन्ने अभियानमा छ।




समूह ‘डी’को अर्को टेस्ट राष्ट्र हो, बंगलादेश। टीट्वेन्टी विश्वकपमा बंगलादेशको प्रदर्शन एक रुपको छैन। कुनै बेला ‘डार्क हर्स’ मानिने बंगलादेश टीट्वेन्टी विश्वकपमा शीर्ष आठबाट अघि बढ्न सकेको छैन। त्यसैले यस पटक विगतको भन्दा सुधारिएको प्रदर्शन गर्ने अभियानमा बंगलादेश छ। बंगलादेशी टिममा निजामुल हुसेन सान्तोसहित लिटोन दास, सौम्य सरकार, सकिब अल हसन, रिसाद हुसेन, मुस्तफिजुर रहमान, तान्जिद हसन तमिमलगायतका खेलाडी छन्।

यस समूहमा रहेको अर्को टोली हो, नेदरल्यान्ड्स। नेदरल्यान्ड्सको पनि टीट्वेन्टी विश्वकपमा दोस्रो सहभागिता हो। यसअघि सन् २०२२ को टीट्वेन्टी विश्वकपमा नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरेको थियो। नेदरल्यान्ड्सलाई यस पटक चोटले पिरोलेको छ। आफ्ना महत्वपूर्ण खेलाडी घाइते भएका छन्। नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्डले यस पटक अझ सुधारिएको प्रदर्शन गर्ने योजना बुनेका छन्। नेदरल्यान्ड्स टोलीमा म्याक्स ओडाउड, मिचेल लेभिट, आयान दत्त, बास डी लिड, विक्रम सिंहलगायत छन्। यस समूहको पहिलो खेल जुन ३ मा हुनेछ। पहिलो खेलमा टेस्ट राष्ट्र श्रीलंका र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुनेछ। यस्तै जुन ४ मा नेपाल र नेदरल्यान्ड्स, जुन ८ मा श्रीलंका र बंगलादेश तथा नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीच खेल हुनेछ। यस्तै जुन १० मा दक्षिण अफ्रिका र बंगलादेश, जुन १२ मा नेपाल र श्रीलंका, जनु १३ मा नेदरल्यान्ड्स र बंगलादेश, जुन १५ मा नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुनेछ। यस्तै जुन १७ मा नेपाल र बंगलादेश तथा नेदरल्यान्ड्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।

नेपाली टोली

रोहितकुमार पौडेल, कमलसिंह ऐरी, सागर ढकाल, आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा र अविनाश बोहरा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...
: मलेसियालाई ९ विकेटले हराउँदै नेपाल यु-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ। मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले ११.४ ओभरमा १ विकेट गुमाउँदै ९२ रनसहित पूरा गरेको हो। जितसँगै डिफेन्डिङ च्याम्पियन(साविक विजेता) नेपाल फाइनल प्रवेश गरेको हो। नेपालका लागि परिमार्जन यादवले सर्वाधिक ५९ रनको अर्धशतकीय पारीसँगै अविजित रहे। उनले ३५ बलमा समान ५ ...
। आईपीएलको उपाधि जितेपछि उत्सव मनाउने क्रममा भएको घटनामा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) का ओम्बुड्सम्यान (गुनासो सुन्ने अधिकारी) अरुण मिश्रले आरसीबी र कर्नाटक राज्य क्रिकेट संघ (केएससीए)लाई चार हप्ताभित्र लिखित रूपमा जवाफ दिन निर्देशन दिएका छन्। सेवानिवृत्त न्यायाधीश समेत रहेका मिश्रले वरिष्ठ आईपीएस अधिकृत विकास कुमारले दायर गरेको उजुरीको आधारमा उक्त निर्देशन दिएका हुन् । कुमारको ...
: लिभरपुल तथा पोर्चुगलका फुटबल खेलाडी डियोगो जोटाको स्पेनमा कार दुर्घटनामा मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार अर्को कारलाई ओभरटेक गर्ने प्रयास गर्दा गाडीको टायर पड्कियो र गाडी सडकबाट खसेको हो। दुर्घटनामा उनका भाइ आन्द्रे सिल्भाको पनि मृत्यु भएको छ। २८ वर्षीया जोटा पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी थिए भने उनको गत महिना मात्र विवाह भएको थियो। जोटा गत ...