मुख्य समाचार
‘डज’ मिमको रुपमा चर्चित कुकुर 'काबोसु'को मृत्यु
‘डज’ मिमको रुपमा चर्चित कुकुर 'काबोसु'को मृत्यु

‘डज’ मिमको रुपमा सामाजिक सञ्जालमा चर्चित कुकुर काबोसुको मृत्यु भएको छ । काबोसुको १८ वर्षको उमेरमा मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ।


काबोसु १४ वर्षसम्म इन्टरनेटमा मिम्सको माध्यमबाट चर्चित रहेको थियो। काबोसुको फोटो क्रिप्टो मुद्रा 'डज कोइन' मा पनि प्रयोग गरिएको थियो।

सन् २०१० बाट काबुसोको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको हो।


काबोसुको तस्विर एनएफटी डिजिटल नेटवर्कको हिस्सा बनेपछि, 'डज कोइन' क्रिप्टो मुद्रा सिर्जना भयो र यो अहिलेको आठौं ठूलो क्रिप्टो मुद्रा हो।

'डज कोइन' क्रिप्टो मुद्राको बजार मूल्य करिब २३ अर्ब डलर छ।

साथै सोशल मिडिया प्लेटफर्म 'एक्स'का मालिक एलन मस्कले केही समय 'एक्स'मा पनि काबोसुको तस्बिर राखेर लोगो नै परिवर्तन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेपछि एलोन मस्कमाथि निशाना बनाएका छन्। केही हप्तासम्म नयाँ पार्टीबारे विचार गरिसकेपछि मस्कले नयाँ पार्टी गठनको घोषणा गरे। उनले आफ्नो नयाँ पार्टीको नाम ‘अमेरिका पार्टी’ राखेका छन्। टेस्ला प्रमुखको नयाँ पार्टी गठनको घोषणा राष्ट्रपति ट्रम्पसँगको सार्वजनिक मतभेदको केही हप्तापछि आएको हो। ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ...
। युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् । पूर्वको सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राम मार्फत जनाएको छ । क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ । घटनाको पुष्टि ...
— अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने ४१ बेपत्ता छन् । सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको छ । जहाँ ३८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । राहत तथा उद्धार अभियान जारी राखिएको छ । अधिकारीहरुले मृतकको संख्या बढ्नसक्ने बताएका छन् । बाढीका कारण केर काउन्टीको नदी किनारास्थित क्याम्प ...
— इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता स्थानीय समयअनुसार आइतबार कतारको राजधानी दोहामा सुरु हुने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका प्रस्थानअघि वार्ता सुरु हुन लागेको हो । उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि वासिङ्टन जाने बताइएको छ । इजरायल–हमासबीचको युद्धविराम वार्ताका लागि कतारले मध्यस्थता गरिरहेको छ । नेतान्याहुले इजरायलका ...
— इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले हुथी लक्षित आक्रमण गरिएको र हुथीहरुले इजरायल लक्षित ड्रोन र ब्यालेस्टिक मिसाइल प्रहार जारी राखेमा ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् । शनिबार मध्यरातीबाट गरिएको आक्रमण आइतबार बिहानसम्म चलेको थियो । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हुथी समूहले इजरायल ...