मुख्य समाचार
चन्दाको भरमा बालकको सफल शल्यक्रिया
चन्दाको भरमा बालकको सफल शल्यक्रिया

: जन्मजात मलद्वार नभएका गुल्मीका एक बालकको चन्दाको भरमा सफल शल्यक्रिया गरिएको छ। जिल्लाको रेसुंगा नगरपालिका-१४ पराल्मीका सात वर्षीय बालकको विभिन्न संघसंस्थाको सहयोग तथा पहलमा सफल शल्यक्रिया गरिएको हो।


आर्थिक अवस्था कमजोर भएर उपचारबाट वञ्चित भएका बालकको शल्यक्रियाका लागि नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले चैत महिनामा सहयोग संकलन सुर गरेको थियो। बालकको यही वैशाख १५ गते काठमाडौं स्थित मोडल अस्पतालमा सफल शल्यक्रिया गरिएको नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष धुव्र पाण्डेले जानकारी दिए।

बालकको उपचारमा आर्थिक अभाव भएपछि उनको परिवार सहयोगको याचना गर्दै नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीका अध्यक्ष धुव्र पाण्डे समक्ष आएका थिए। अध्यक्ष पाण्डे लगायत संस्थाको सक्रियतामा बालकको उपचारका लागि ७४ हजार २४५ रुपैयाँ सहयोग संकलन गरिएको थियो। बालकको मलद्वार शल्यक्रियाका लागि कुल ४ लाख ५० हजार सहयोग संकलन भएको अध्यक्ष धुव्र पाण्डेले बताए। अध्यक्ष पाण्डेका अनुसार बालकको उपचारका लागि लायन्स क्लब काठमाडौं र रक्तदाता समूहले आवश्यक सहयोग गरेका छन्।




उनको शल्यक्रियामा डाक्टर र बेडको शुल्कमा छुट गरी कुल ३ लाख ४५ हजार खर्च भएको संस्थापक अध्यक्ष नमराज मरासिनीले जानकारी दिए। बालकको उपचारमा सहयोग तथा सफल शल्यक्रिया गर्ने डाक्टर लगायत सबैमा उनले धन्यवाद व्यक्त गरे। सात वर्षीय बालक बाबुराम विश्वकर्मा र कमला विश्वकर्माका पहिलो सन्तान हुन्।

उनको परिवारले गाउँमै ज्याला मजदुरी गरी दैनिकी चलाउँदै आएका थिए। आर्थिक अवस्था कमजोर भएका विश्वकर्मा परिवारले पैसाको अभावमा बिरामी छोरालाई घरमै राखेर बस्नुपरेको थियो। पैसाको अभावमा छोराको उपचार गराउन नसकेपछि उनीहरूले सबैमा सहयोगको याचना गर्दै आएका थिए। सबैको सहयोग र सहकार्यमा छोराको मलद्वारको शल्यक्रिया सफल भएको बताउँदै आमा कमला विश्वकर्माले सबैलाई उनले धन्यवाद दिइन्।

बालकलाई पठनपाठनका लागि महेन्द्र नमुना माध्यमिक विद्यालयले सहयोग गर्ने भएको छ। विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बालकले पढ्न चाहेमा सबै खर्च निःशुल्क गरिदिने घोषणा गरेका छन्। उ

उक्त संस्थाले विगत केही वर्षदेखि गुल्मी अस्पतालमा उपचारको क्रममा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउँदै आएको छ। नेपाल रक्तदाता स्वयंसेवी समाज गुल्मीले रगत उपलब्ध गराउनेदेखि समुदायमा दैविक विपत्तिमा विभिन्न सहयोग गर्दै आएको छ। जिल्लाको सदरमुकाम तम्घासमा २०७६ सालमा स्थापना भएको संस्थामा हाल एक सय ३० सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए