मुख्य समाचार
संसारकै सफल सिइओ, जसले टाट पल्टिन लागेको कम्पनीलाई विश्वकै तेस्रो ठूलो कम्पनी बनाए
संसारकै सफल सिइओ, जसले टाट पल्टिन लागेको कम्पनीलाई विश्वकै तेस्रो ठूलो कम्पनी बनाए

झण्डै टाट पल्टिन लागेको कम्पनीलाई विश्वकै तेसो ठूलो कम्पनी बनाउन सफल व्यक्ति हुन् जेन्सेन हुआङ ।

प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको नेतृत्वमै एआई चिपमेकर कम्पनी एनभिडिया २ ट्रिलियन डलरको कम्पनी बनेको छ ।


कूल बजार पुँजीकरण २.२२ ट्रिलियन डलर रहेको एनभिडिया माइक्रोसफ्ट र एप्पलपछि विश्वको तेस्रो मूल्यवान कम्पनी हो ।

कम्पनीलाई यो स्थानसम्म ल्याइपुर्‍याउने प्रमुख श्रेयचाहिँ यसको नेतृत्वलाई जान्छ ।



प्रमुख कार्यकारी अधिकृत हुआङको सफलता उनको अथक काम तथा लगाव, सहभागितामूलक नेतृत्व शैली तथा कार्य संस्कृतिको संरक्षकको भूमिकाप्रतिको समर्पणका कारणले नै सम्भव भएको हो ।

दैनिक १४ घण्टा काम, कर्मचारीसँगको सञ्चारलाई प्राथमिकता दिने हुआङको प्रत्येक दिनको काम बिहान ६ बजेदेखि सुरु हुन्छ । बिहान उठेर व्यायाम गरेसँगै काम सुरु गर्ने उनी प्रायः सप्ताहन्त तथा सार्वजनिक विदाको दिनहरुमा पनि काम गरिरहेका हुन्छन् ।

निकै लामो कार्यघण्टा भएपनि उनले आफ्नो कामलाई आनन्दको रुपमा लिन्छन् र आफूले गरेको कामलाई प्रेम गर्छन् ।

संघर्ष र पीडा भनेको चरित्र निर्माण हो र महानता प्राप्त गर्नका लागि यी कुरा आवश्यक छन् भन्ने उनको विश्वास छ ।

हुआङ अन्य ठूला प्रविधि कम्पनीका सिइओहरु भन्दा फरक यस अर्थमा पनि छन् कि उनले आफ्ना मातहतका कर्मचारीहरुसँगको सञ्चारलाई प्राथमिकता दिन्छन् । स्टाफहरुसँग जोडिइरहनका लागि उनले बेलाबेलामा कम्पनीको क्याफ्टेरियामा खाना खान्छन् र विभिन्न तहबाट ६० वटा प्रत्यक्ष रिपोर्ट लिन्छन् ।

हुआङले कम्पनीभित्र खुल्ला सञ्चारलाई प्रोत्साहन गरेका छन् र कर्मचारीहरुलाई उनीहरुको मनमा रहेका पाँचवटा मुख्य कुराहरु लेखेर पठाउन आग्रह गर्दछन् ।

यो विधिले समस्या समाधानमा सहयोग गर्नुका साथै कर्मचारीहरुलाई सूचनामा समान पहुँच दिएर सशक्तिकरण गर्न सकिन्छ भन्ने उनको विश्वास छ ।

टाट उल्टाइदेखि २ ट्रिलियन डलरसम्मको यात्रा

एनभिडिया कम्पनीको सफलतामा हुआङको नेतृत्व अत्यन्तै महत्वपूर्ण रह्यो । सन् १९९० को दशकको अन्त्यतिर कम्पनी झण्डै टाट पल्टिने अवस्थामा पुगेको थियो । त्यो क्षणलाई बिर्सिन गाह्रो पर्ने हुआङले बताउने गर्छन् ।

तर उनको मार्गदर्शनमा एनभिडिया कम्पनी प्रविधि उद्योगको एक महत्वपूर्ण खेलाडी बनेको छ । एआई एप्लिकेसनमा कम्पनीका चिपहरुको उच्च मागका कारण कम्पनीको व्यापारसँगै शेयर मूल्यमा पनि तिव्र बढोत्तरी हुँदा एनभिडिया विश्वकै तेस्रो मूल्यवान कम्पनी बन्न सफल भएको छ ।

आफ्नो सफलताका बाबजुत हुआङ निकै नम्र तथा नयाँ कामका लागि सदैव अग्रसर रहन्छन् । उनी हरेक दिन चिन्तन गर्दछन् र गम्भीर रहन्छन् । उनी आफू र आफ्ना कर्मचारीहरुको उच्च गुणस्तर तथा कार्यसम्पादनको उत्कृष्टतामा विश्वास राख्दछन् ।

कुनैपनि कम्पनीमा सिइओहरुसँग प्रत्यक्ष रिपोर्टिङको व्यवस्था हुनैपर्छ भन्ने उनको धारणा छ । यसबाट अन्य कर्मचारीमा पनि नेतृत्व विकास, कार्यसम्पादनमा उत्कृष्टता र प्रोत्साहन प्राप्त हुन्छ ।

आफ्नो समयलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि हुआंगले कहिलेकाहीँ आफ्नो तालिकामा रहेका अन्य विभिन्न कामहरुलाई पन्छाएर प्रडक्ट तथा रणनीति योजना निर्माण जस्ता कम्पनीमा दीर्घकालीन प्रभाव पार्ने क्षेत्रहरुमा केन्द्रित हुन्छन् ।

एकजना सिइओका लागि खाली समय निकाल्ने एउटा राम्रो विकल्प नसुत्नु पनि हो भन्ने उनको मत छ ।

हुआङको समर्पण र नेतृत्वले एनभिडियालाई दिग्गज प्रविधि कम्पनी बनाएको छ र हुआङ पनि विश्वका सर्वाधिक धनी व्यक्तिहरुको शीर्ष २० मा पर्न सफल भएका छन् । उनको कूल सम्पत्ति ७३ अर्ब डलर छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सञ्चालनमा राख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न आग्रह गरेको हो । त्यसैगरी राष्ट्र बैङ्कले ...
— अब एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा कारोबार गर्ने कम्पनीले अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएको छ । सरकारले सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै देशभरका महानगर र उपमहानगरपालिकाभित्र कम्पनीमार्फत एक पटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको हो । सरकारले महानगर र उपमहानगरभित्र जतिसुकै क्षेत्रफलको घरजग्गा कारोबार कम्पनीमार्फत हुन्छ ...
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल र जारको पानीमा बढी शुल्क लिएमा कारबाही गरिने जनाएको छ । विभागले मंगलबार एक सूचना प्रकाशित गरी दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लाष्टिकका बोतल तथा जारको पानीको शुल्क निर्धारण गरिएकाले शुल्कभन्दा बढी रकम लिएको पाइएमा कारबाही गरिने जनाएको हो । विभागले काठमाडौँ उपत्यकामा एक लिटर बोतलको ...
: कोशी प्रदेशको चालु आर्थिक वर्ष २०८२/०८३ को एक चौथाइ बजेट कटौती भएको छ। पुनर्निर्माणमा खर्च गर्ने गरी बजेट कटौती गरिएको हो। चालु आर्थिक वर्षको कुल बजेटबाट २५ प्रतिशत रकम तत्काल खर्च नहुने गरी रोक्का गर्ने निर्णय प्रदेश सरकारले गरेको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै आगजनी र बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई ...
। राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमनको दायरामा ल्याउने प्रक्रिया सुरु गरेको छ । प्राधिकरणले अनिवार्य दर्ताको व्यवस्था गरी बचत तथा ऋण सहकारी संस्थालाई आफ्नो नियमन तथा सुपरीवेक्षणको दायरा भित्र राख्न लागेको हो । प्राधिकरणले सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थालाई दर्ता नभइ कारोबार गर्न नपाउने व्यवस्था गरेको छ । प्राधिकरणले सञ्चालनमा ...