मुख्य समाचार
यमबुद्ध र भिटेनको नाम लिंदै बादशाहले भने- नेपाली हिपहप म्युजिक किलर छ
यमबुद्ध र भिटेनको नाम लिंदै बादशाहले भने- नेपाली हिपहप म्युजिक किलर छ

। बलिउड हिपहप स्टार बादशाहले नेपाली हिपहप संगीतको प्रशंसा गरेका छन् । पछिल्लो एक पडकास्ट एपिसोडमा उनले यमबुद्ध र भिटेनको नामै लिएर प्रशंसा समेत गरे ।

उनले भने, ‘नेपाली म्युजिक किलर छ । त्यहाँको हिपहप दृश्य पनि जबर्जस्त छ । तपाईंले यमबुद्धबारे सुन्नुभएको छ ? उनी र्‍याप गर्थे, उनको निधन भइसकेको छ । अहिले पनि एक-दुई जना छन् । भिटेन पनि एक हुन् । उनीहरु हिपहपकै जीवन बाँचिरहेका छन् ।’


नेपाली हिपहप संस्कृति आफूलाई मनपर्ने बताउँदै बादशाहले पछिल्लो गीतमा आफूले नेपाली ट्यालेन्ट प्रजिनासँग सहकार्य गरेको सुनाए ।

‘त्यसपछि मैले गीतमा नेपाली कलाकार खोजें । मैले हालै नेपालकी प्रजिनासँग सहकार्य गरेको थिएँ । उनले राम्रो काम गरिन् । नेपाली ट्यालेन्टसँग काम गर्न मजा आउँछ,’ उनले भने ।


बादशाहले आफ्नो गीत रिलिज हुँदा सुरुमा नेपाल र बंगलादेशमा ट्रेन्ड गर्ने बताए । ‘त्यसपछि इण्डियामा नम्बर २ मा ट्रेन्ड गर्छ,’ उनले भने ।

उनले नेपाल र भारतबीच धेरै कुरामा समानता रहेको बताए । ‘मलाई नेपाल मनपर्छ । यो निकै सुन्दर थलो हो । नेपाल र भारतबीच धेरै कुराको समानता छ । पहाड छ । पहाडसहितको सहरले त्यो याद आउँछ,’ उनले भने ।

केही वर्षअघि भारतीय हिपहप आर्टिस्ट रफ्तारले यमबुद्धलाई लिजेन्ड भनेका थिए । नेपालको पछिल्लो पुस्तामा बादशाहसहितका भारतीय हिपहप कलाकारको राम्रो क्रेज देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आज बिहान ८ : २० बजे किर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए। उनी रसुवाको लहरेकुवा गाउँपालिका- २ घर भई काठमाडौंको दहचोक बस्दै आएकी थिइन्। गत शनिबार दिउँसो साढे २ बजेतिर स्टुडियोमा रहेकै ...
। अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वकीय सचिव बाबुभाईले असरानीको निधन भएको पुष्टि गरेका छन् । असरानी स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना थिए र सोमबार दिउँसो ३ देखि ३.३० बजेको बीचमा उनले अन्तिम सास लिए । मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा उनको दाहसंस्कार गरिएको थियो, जहाँ ...
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...