मुख्य समाचार
ट्रेन्टोमा 'ह्वील्स अन द बस'लाई अवार्ड
ट्रेन्टोमा 'ह्वील्स अन द बस'लाई अवार्ड

— इटालीको 'ट्रेन्टो फिल्म फेस्टिभल'मा 'ह्वील्स अन द बस'ले अवार्ड जितेको छ । फेस्टिभलको ७२ औं संस्करणतर्फ सूर्य शाही निर्देशित यो फिल्मले 'स्टूडेन्ट अवार्ड' जितेको हो ।


१६ मिनेट लामो यो फिल्म फेस्टिभलको हाइल्यान्ड शीर्षकमा छनौट भएको थियो । फिल्ममा फरक वर्गका दुई मित्रहरुको मित्रतामार्फत समाजमा विद्यमान रहेको जात व्यवस्था र विभेद प्रस्तुत गरिएको छ ।


बर्लिन फिल्म फेस्टिभलको जेनेरेसन के प्लसतर्फ विश्व प्रिमियर भएको यो फिल्मले विकास बोर्डले आयोजना गरेको 'राष्ट्रिय लघु फिल्म प्रतिस्पर्धा' तर्फ प्रथम अवार्ड, किम्फलगायत थुप्रै राष्ट्रिय-अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । फिल्मलाई जगदीश हमाल, राजेशप्रसाद खत्री र निर्देशक सूर्य मिलेर लेखेका हुन् । यो फिल्मलाई सुशान्त श्रेष्ठले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले आज बिहान ८ : २० बजे किर्तिपुर वर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए। उनी रसुवाको लहरेकुवा गाउँपालिका- २ घर भई काठमाडौंको दहचोक बस्दै आएकी थिइन्। गत शनिबार दिउँसो साढे २ बजेतिर स्टुडियोमा रहेकै ...
। अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ । स्वकीय सचिव बाबुभाईले असरानीको निधन भएको पुष्टि गरेका छन् । असरानी स्वास्थ्य समस्याका कारण चार दिनदेखि मुम्बईको जुहूस्थित आरोग्य निधि अस्पतालमा भर्ना थिए र सोमबार दिउँसो ३ देखि ३.३० बजेको बीचमा उनले अन्तिम सास लिए । मुम्बईको सान्ताक्रुज क्षेत्रको शास्त्री नगरस्थित श्मशानघाटमा उनको दाहसंस्कार गरिएको थियो, जहाँ ...
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...