मुख्य समाचार
आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित, मल्लको शानदार फिनिसिङ
आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित, मल्लको शानदार फिनिसिङ

— आसिफ शेख र अनिल साहले अर्धशतक बनाएपछि नेपालले ट्वान्टी २० क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगाडि नै पुरा गर्‍यो ।

आसिफ र अनिलले दोस्रो विकेटमा ७१ बलमा ९६ रनको साझेदारी तथा कुशल मल्लको सानदार ब्याटिङमा नेपालले शृंखलामा सान्त्वना विजय हात पारेको हो । वेस्ट इन्डिज ‘ए’ ले ३–२ को अग्रतासँगैं शृंखला आफ्नो पक्षमा पारेको छ ।


रोहितको १ सय १२ रनमा नेपालले अघिल्लो शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । तर नेपाल दोस्रो खेलमा १० रनले पराजित भएपछि क्यारेबियन टोलीले शृंखला बराबरी गरेको थियो । वेस्ट इन्डिज ‘ए’ ले त्यसपछि तेस्रो खेल ७६ र चौँथो खेल २८ रनले जितेको थियो ।

कुशल भुर्तेल ९ बलमा ३ चौका प्रहार गरी १३ रनमा आउट भएपछि आसिफ र अनिलले जमेर खेलेका थिए । आसिफले ५१ रन बनाए । उनले ३५ बल खेली २ चौका र ५ छक्का प्रहार गरे । सुरुआतमा विकेटमा जम्न समय लगाएका अनिलले ४५ बल खेली समान ४ चौका र छक्का प्रहार गरे ।

दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए पनि कुशल मल्लले आक्रामक ब्याटिङ गरि नेपालले सानदार विजय दिलाए । अन्तिम दुई ओभरमा २२ रन बनाउनु पर्ने अवस्थामा मल्लले पहिलो दुई बलमा छक्का र चौका प्रहार गरेका थिए । तेस्रो बलमा लेग बाईमा चौका भए पनि मल्लले अर्को दुई बलमा लगातार चौका प्रहार गरि नेपाललाई जिताए ।



मल्ल १८ बल खेली समान ३ चौका र छक्का प्रहार गरि ३७ रन बनाई अविजित रहे । कप्तान रोहित पौडेल क्रिजमा आए पनि उनले कुनै बलको सामना गर्नु परेन । वेस्ट इन्डिज ‘ए’ का ओबेड म्याकोयले ३.५ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए ।

शृंखलामा लगातार पाँचौं पटक टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले यसअघि निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ७२ रन बनाएको थियो ।

देव्रेहाते स्पिनर सागर ढकालले कसिलो बलिङ गरे पनि वेस्ट इन्डिज ‘ए’ ले राम्रो योगफल बनाएको हो । सागरले पहिलो ३ विकेट लिदैं वेस्ट इन्डिजलाई दबाबमा राखेका थिए, जसको कारण वेस्ट इन्डिज ‘ए’ १४ ओभरमा १०६–४ को स्कोरमात्र बनाउन सकेको थियो । त्यसपछि भने वेस्ट इन्डिज ‘ए’ ले अन्तिम ६ ओभरमा आक्रामक भएर खेल्दै ६६ रन जोडेको थियो ।

सागरले आफ्नो पहिलो ओभरमा कदिम एलियनलाई ११ रनमा आउट गरेका थिए । उनले आफ्नो दोस्रो ओभरमा जोहनसन चार्ल्स र मार्क डेयललाई आउट गरि नेपाललाई राम्रो स्थितिमा उभ्याएका थिए । अघिल्लो दिनमात्र वेस्ट इन्डिजको घोषित विश्वकप टोलीमा समेटिएका चार्ल्सलाई सागरले कट एन्ड बोल्ड गरेका थिए । चार्ल्सले २० बल खेली २ चौका र २ छक्का प्रहार गरे ।



शृंखलामा पहिलो खेल खेलिरहेका डेयलले ११ रनमात्र बनाउन सके । सागरको बलमा आउट हुनुपूर्व १९ बल खेलेका उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । कप्तान रोस्टन चेसले ३३ रन बनाए । वेस्ट इन्डिजको विश्वकप टोलीमा रहेका चेजले २३ बल खेली ५५ चौका प्रहार गरे । उनी अविनाश बोहराको बलमा आउट भए ।

अन्तिम ६ ओभरमा म्याथ्यु फोर्डे र एलिक एथान्जेले खुलेर ब्याटिङ गरे । फोर्डले १२ बलमा २३ रन बनाउनेक्रममा ३ छक्का प्रहार गरे । सोमपाल कामीले फाबियन एलेनलाई ३ र गुडाकेश मोतीलाई १ रनमा आउट गरे । एथान्जे ४२ र हेडेन वाल्स ७ रन बनाई अविजित रहे । एथान्जेले २९ बल खेली १ चौका र ३ छक्का प्रहार गरे ।

सोमपाल र सागरले ३–३ विकेट लिए । सोमपालले ४ ओभरमा १६ र सागरले २ ओभरमा १७ रन खर्चे । अविनाशले ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिए । नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको थियो । गुलशन झा र करण केसीको स्थानमा अनिल साह र सागरलाई खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...