मुख्य समाचार
स्वीकृति नलिएका १५ पदाधिकारीलाई बेलायत जान रोकिने
स्वीकृति नलिएका १५ पदाधिकारीलाई बेलायत जान रोकिने

— बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवको उपस्थितिमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवलगायतसँग आज मंगलबार छलफल गरेका छन् ।


एन्फाले सोमबार मात्र २३ खेलाडी र ७ पदाधिकारीलाई बिदाइ गरेको थियो । निर्धारित तालिकाअनुसार नेपाली फुटबल टोली मंगलबार बिहान लन्डन प्रस्थान गर्ने कार्यक्रम थियो । तर भिसा नआएका कारण नेपाली टोली उड्न पाएन ।


भिसा ढिलाइको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव किरण राईले सोमबार रातिसम्म भिसा आउने दाबी गरे । भिसा लिनकै लागि भारतको दिल्लीमा प्रतिनिधि पठाएको पनि उनले जनाए ।

एन्फाले मैत्रीपूर्ण खेलका लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषद्मा पठाएको र सोमबार स्वीकृति दिइएको सदस्य–सचिव घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

यसबाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य पदाधिकारी सहभागिताको स्वीकृतिलाई परिषदमा पत्र नआएको सदस्यसचिव घिसिङले स्पष्ट पारेका थिए ।

एन्फा महासचिव राईले खेलाडी र टिमको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा नलिएको जिकिर गरे । उनले बाँकी २० जना आफ्नै खर्चमा जाने बताएका थिए । तर, एन्फाले उनीहरूको भिसाका लागि बेलायती राजदूतावासमा सिफारिस भने गरेको राईले बताए ।

राष्ट्रिय खेलकुद विकास ऐनअनुसार विदेश जाँदा खेलाडी, पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था भएको सदस्यसचिव घिसिङले बताए । सोही बमोजिम अन्य १५ पदाधिकारीहरूले पनि बेलायत जानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट स्वीकृति लिनुपर्ने निर्णय मन्त्री श्रेष्ठले गरेका छन् । स्वीकृति नलिएसम्म हालका लागि १५ पदाधिकारीहरू बेलायत जान नपाउने उनले जनाए ।

युवा तथा खेलकुद मन्त्रालयले परिषद्बाट स्वीकृति नलिएका १५ पदाधिकारीलाई बेलायत जानबाट रोक्न गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...