मुख्य समाचार
रोहितको इनिङ्सलाई पन्छाउँदै वेस्ट इन्डिज ‘ए’ लाई शृंखला
रोहितको इनिङ्सलाई पन्छाउँदै वेस्ट इन्डिज ‘ए’ लाई शृंखला

— कप्तान रोहित पौडेलले अर्को उत्कृष्ट इनिङ्स खेले पनि नेपाल बिहीबार ट्वान्टी २० क्रिकेट शृंखलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग २८ रनले पराजित भएको छ । रोहितले ४७ बलमा ८४ रन बनाए पनि २ सय १० रनको लक्ष्य लिएर आएको नेपाल पूरा २० ओभर खेली १ सय ८१ रनमा अलआउट भयो ।



यो सँगै वेस्ट इन्डिज ‘ए’ ले पाँच खेलको शृंखला ३–१ को अग्रतामा जितेको छ । रोहित पौडेलको १ सय १२ रनमा नेपालले शनिबार पहिलो खेल ४ विकेटले जितेर शृंखलामा अग्रता लिएको थियो । उनले आइतबार दोस्रो खेलमा अविजित ७१ रन बनाए पनि आइतबार नेपाल १० रनले पराजित भएको थियो ।


जोहनसन चार्ल्सको अविजित १ सय १९ रन बनाएपछि वेस्ट इन्डिज ‘ए’ बुधबार तेस्रो खेल ७६ रनले जितेर शृंखलामा २–१ ले अग्रता बनाएको थियो । आसिफ शेखलाई इनिङ्सको पहिलो बलमै म्याथ्यु फोर्डेले बोल्ड गरेपछि क्रिजमा आएका रोहितले ७ चौका र ५ छक्का प्रहार गरे । ओपनर कुशल भुर्तेल १ र कुशल मल्ल ४ रनमै आउट भएका थिए । सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुलशन झा समान १९ रनमा आउट भए । प्रतिश जिसी पहिलो बलमै आउट भए ।

गुडाकेश मोटीले खेलको अन्तिम दुई बलमा सोमपाल कामीलाई ९ र ललित राजवंशीलाई शुन्यमा आउट गरे । अविनाश बोहरा ८ बलमा २ चौका र १ छक्का प्रहार गरि १७ रनमा अविजित रहे । वेस्ट इन्डिज ‘ए’ बाट फोर्डे र हेडन वाल्सले ३–३ विकेट लिए । फोर्डेले ४ ओभरमा २६ र वाल्सले ४ ओभरमा २५ रन खर्चे । फाबिएन एलेनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

यसअघि लगातार चौथो खेलमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय रन ९ बनाएको थियो । एन्ड्रयु फ्लेचर अविजित ८४ र चार्ल्सले ५८ रन बनाई क्यारेबियन टोलीलाई विशाल योगफलमा पुर्याएका थिए ।

एलिक एथान्जे ५ रनमा आउट भएपछि यी दुईले दोस्रो विकेटमा ५३ बलमा ९२ रनको साझेदारी गरेका थिए । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा प्रतिश जिसीले आफ्नो पहिलो बलमा एथान्जेलाई डिप मिडविकेटमा सन्दीप जोराबाट क्याच गराए ।

अघिल्लो खेलमा शतक बनाएका चार्ल्सले ३० बल खेली ३ चौका र ६ छक्का प्रहार गरे । केएसी कार्टी ४ रनमै आउट भए पनि फ्लेचर र एलेनले अन्तिम ३ ओभरमा नेपाली बलरमाथि खुलेर प्रहार गरेका थिए । यी दुईले ४० बलमा चौथो विकेटका लागि ७३ रनको अविजित साझेदारी गरे । फ्लेचरले ५४ बल खेली ९ चौका र ४ छक्का तथा एलेनले १९ बल खेली २ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३३ रन बनाए ।

भुर्तेलले २ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चे । प्रतिशले ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए । ललित राजवंशीले ४ ओभरमा ५३ र अविनाशले ४ ओभरमा ४२ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

नेपाली टोलीमा ८ खेलाडी परिवर्तन गरिएको थियो । नियमीत कप्तान रोहित नेपाली टोलीमा फर्किएका छन् । बुधबार अघिल्लो खेल खेलेको नेपाली टोलीका कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा बाहेक अन्य ८ खेलाडी परिवर्तन गरिएको थियो ।

रोहितसहित भुर्तेल, आसिफ, जोरा, सोमपाल, प्रतिश, ललित, अविनाश प्लेयिङ ११ मा खेलेका थिए । अनिल साह, करण केसी, कमलसिंह ऐरी र सागर ढकाल वैकल्पिकमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...