मुख्य समाचार
इंग्ल्यान्डसँग ऐतिहासिक फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लन्डनमा
इंग्ल्यान्डसँग ऐतिहासिक फुटबल खेल्न नेपाली राष्ट्रिय टोली लन्डनमा

— इंग्ल्यान्ड र नेपालबीच हुन लागेको पहिलो ऐतिहासिक फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली लन्डन उत्रिएको छ ।


मे ६ तारिख सोमबार अल्डरसट टाउन फुटबल क्लब स्टेडियममा हुने मैत्रीपूर्ण खेलमा भाग लिन खेलाडी, प्राविधिक र एन्फा पदाधिकारीसमेत लन्डन आइपुगेका हुन् । नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान किरणकुमार लिम्बूसहित १२ खेलाडी बिहीबार दिउँसो लन्डन उत्रिएका छन् । टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजी र म्यानेजर उत्तम राजभण्डारीसहित चार खेलाडी बिहानै उत्रिइसकेका छन् । बाँकी केही खेलाडी र व्यवस्थापकीय टीम सदस्य बेलुकासम्म लन्डन आइपुग्दैछन् ।


खेलाडी, प्रशिक्षक र व्यवस्थापकीय टीमसहित नेपालबाट जम्मा ३० जनाको टोली बेलायत आएको छ । लन्डन हिथ्रो विमानस्थलमा उत्रिएका नेपाली खेलाडीहरुलाई लन्डनस्थित नेपाली दूतावासका पदाधिकारी र स्थानीय नेपाली समुदायका अभियन्ताहरुले स्वागत गरेका छन् ।

लन्डन दूतावासका द्वितीय सचिव रामबाबु नेपाल, एनआरएनए यूके पूर्वअध्यक्ष सूर्य गुरुङ, इंग्ल्यान्डसँगको खेलका लागि नेपाली समुदायका तर्फबाट संयोजक कमल कोने गुरुङ, टिकट संयोजकहरु दिलरास गुरुङ र कुमार गुरुङलगायतले विमानस्थल पुगेर खेलाडीलाई स्वागत गरेका थिए ।

लन्डन उत्रिएपछि नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले इंग्ल्यान्डसँग खेल्न पाउनु ऐतिहासिक अवसर भएको उल्लेख गर्दै आफूहरुले यसको सदुपयोग गर्ने बताए ।

उनले इंग्ल्यान्डबाट नयाँ अनुभव र केही सिक्ने आशा पनि व्यक्त गरे । ‘हामीहरु निकै उत्साहित छौं । नेपाली समुदायले पनि खेलमा आएर हौसला दिनु होला’ उनले भने ।

टीमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेजीले नेपाली खेलाडी पूर्ण तयारीमा रहेको र यसले ठूलो आत्मविश्वास प्रदान गर्ने जनाए ।

टीम म्यानेजर उत्तम राजभण्डारीले बेलायतमा नेपाली टिमले पहिलोपटक ऐतिहासिक खेलका लागि अवसर पाएकामा आयोजकप्रति आभार व्यक्त गरे ।

नेपाली टोलीले सोमबार अपराह्न अल्डरसट टाउन फुटबल क्लबको इबीबी स्टेडियममा इंग्ल्यान्ड सीसँग ऐतिहासिक खेल खेल्दैछ । खेल हेर्न बेलायतवासी ५ हजारभन्दा बढी नेपाली उतार्ने तयारी भइरहेको आयोजकले जनाएको छ ।

त्यसअघि शुक्रबार ब्रिगेड अफ गोर्खाज्‌को टीमसँग पनि नेपालले मैत्रीपूर्ण फुटबल खेल्नेछ । नेपाली टोली मे ७ तारिख नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...