मुख्य समाचार
‘बुवाले देखाएको बाटोमा निष्ठा र इमान्दारीपूर्वक हिँड्नेछु’
‘बुवाले देखाएको बाटोमा निष्ठा र इमान्दारीपूर्वक हिँड्नेछु’

— पूर्वसभाभुख एवं एमालेका तत्कालीन उपनेता सुवासचन्द्र नेम्बाङको गत भदौ २७ मा हृदयघातका कारण निधन भएपछि उनले जितेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ रिक्त थियो । त्यस क्षेत्रमा एमालेले नेम्बाङपुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो । मंगलबार बिहान घोषित मतपरिणामअनुसार सुहाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाए ।


सांसदका रूपमा संघीय संसद छिर्न लागेका ३३ वर्षीय सुहाङले राजनीतिमार्फत बाबु सुवासकै पदचाप पछ्याउने लक्ष्य तय गरेका छन् । उपनिर्वाचन र प्राप्त नतिजामा केन्द्रित भई सुहाङ नेम्बाङसँग कान्तिपुरका लागि पर्वत पोर्तेल र लक्ष्मी गौतमले गरेको कुराकानीको सम्पादित अंश :


यो जितलाई कसरी लिनुहुन्छ ?

यसलाई ठूलो अवसरसँगै जिम्मेवारीको रूपमा लिएको छु । तमाम इलामेली आमा वुवा, दाजु भाइ तथा दिदी बहिनीले विश्वास गरेर मलाई जिताउनु भएको छ । म प्रति उहाहरुले गरेको विश्वासलाई घात गर्ने छैन । उहाँहरुका तमाम समस्या समाधानमा म अवका तीन वर्ष सक्रिय वन्नेछु ।

तपाईंका चुनावी एजेन्डा के थिए ?

सर्वप्रथम त इलाममा हामीले अघिदेखि नै विकासका एजेन्डा उठाएका थियौँ । खासगरी शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनतिर हाम्रो ध्यान थियो । कृषिमा उत्पादन, सहयोग र बजारीकरण र मूल्य निर्धारणका विषयमा हामी गम्भीर थियौँ । त्यससँग जोडिएका तमाम समस्या समाधानका लागि नीति निर्माणसँगै व्यवस्थित बजारीकरणका लागि पहल गर्ने छु । विशेषगरी इलामको पर्यटनमा मेरो फोकस रहने छ ।

इलाममा सडकको अवस्था ज्यादै दयनीय देखिन्छ । यो समस्या निराकरणका लागि तपाईंको योजना कस्तो छ ?

विकासका आधारहरू जे–जे छन्, मुख्य कुरा त बाटोघाटो नै हो । बजेट नआउने होइन, आएको पनि थियो । ठेक्कामार्फत काम अघि पनि बढेको थियो । तर, कतिपय कामले प्राविधिक कारण या लापर्वाहीले पूर्णता नपाएको देखियो । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन सबै क्षेत्रमा बाटो नै आवश्यक पर्छ । तसर्थ बाटोघाटो र पूर्वाधार विकासलाई म प्राथमिकतामा राख्नेछु । सुशासनप्रति म गम्भीर भएर लाग्ने छु । सांसद भएका नाताले बजेट ल्याउने मात्रै होइन, बजेट कार्यान्वयन भयो कि भएन समय समयमा अनुगमन पनि गर्ने छु ।

तपाईंको जितको आधारचाहिँ के मान्नुहुन्छ ?

एमालेसँगै इलामेलीको विरासत नै मेरो जितको मूल आधार हो । हाम्रो संगठन विगतदेखि नै बलियो थियो । त्यसमाथि माओवादी,नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेपाल परिवार दलसँगको सहकार्यले मेरो जित निश्चित भयो । । इलामका सबै दाजुभाइ, दिदीबहिनी आमाबुवाको विश्वासका कारण मैले जितेको हो ।

यो खुसीको क्षणमा बुवालाई कसरी सम्झिनुहुन्छ ?

अघिल्लो वर्ष विजय र्‍यालीपछिको सभामा बुवा र म सँगै थियौँ । उहाँले मेरो काँधमा हात राखेर विजय सभालाई सम्बोधन गर्नु भएको थियो । ४२ वडा घुमेका थियौँ । त्यो सबै कुरा अहिले रिल जस्तो झलझली सम्झना आउँछ । उहाँ मेरा बुवा मात्र नभई अभिन्न मित्रजस्तो हुनुहुन्थ्यो । उहाँ जहिल्यै कानुन र न्याय कहिल्यै छाडेर हिँड्नुहुन्न भन्नुहुन्थ्यो । त्यही कारणले उहाँले देखाएको बाटोमा इमानदारिता र निष्ठापूर्वक हिँड्ने छु ।

छोरा राजनीतिमा आओस् भन्ने बुवाको पनि चाहना थियो कि ?

म राजनीतिमा आउँछु भन्ने विश्वासचाहिँ उहाँमा थियो तर राजनीतिमा आउनैपर्छ भन्ने दबाब रहेन । सुरुमा म कानुन पढ्न थालेँ । कानुन पढ्दा बुवा खुसी हुनुहुन्थ्यो । पछि वकालत गर्न थालेँ, कानुनी परामर्श केन्द्र खोलेर प्राक्टिस पनि सुरु गरेँ ।

बुवा र म राजनीतिबारे बाक्दै छलफल गर्थ्यौं । खासगरी राजनीतिका नकारात्मक पक्षलाई कसरी सुधार्न सकिन्छ भन्ने सुझाव म बुवालाई दिन्थेँ । उहाँले पनि वकालतबारे मलाई सल्लाह दिनुहुन्थ्यो । त्योबखत उहाँलाई लागेको हुनुपर्छ, ‘छोरो राजनीतितिरै आओस् ।’ पारिवारिक माहोलले राजनीतिप्रति रुचि त थियो नै । सँगसँगै राजनीतिक चेतनाले पनि हुटहुटी त बढाएको थियो नै ।

राजनीति चुनौतीसँगै अवसर पनि हो । अब त संघीय सांसद बन्नु भएको छ । अगाडिको बाटो कस्तो देख्नुहुन्छ ?

विशेष परिस्थितिका कारण जुटेको मौका हो यो । यो मेरा लागि राम्रो अवसर पनि हो । अग्रजहरूले बगाउनु भएको रगत पसिना र योगदानबारे म बेखबर छैन । देशमासकारात्मक परिवर्तन र आर्थिक समृद्धि गरुम् भन्ने मेरो पहिलादेखिकै हुटहुटी भएका कारणले यो मेरा लागि अवसरसँगै चुनौती पनि हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु

जापानको चिबा प्रान्तस्थित फुनाबाशी सहरको एक होटलमा ५ तारिखका दिन नेपाली विद्यार्थी २१ बर्षीय बादल छन्त्यालको हत्या आरोपमा प्रहरीले एक जापानी महिलालाई पक्राउ गरेको छ।


३२ बर्षीय आसाका मायु नाम गरेको महिला लाइ पक्राउ गरि अनुसन्धानको क्रममा, “मैले मेरो प्रेमीसँगै मर्न चाहें, त्यसैले चक्कु चोरी गरेँ” भन्ने बयान दिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।


उनले उक्त ...

। जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु गरिएको छ । जापानस्थित नेपाली दूतावासले २७ असोजदेखि मागपत्र प्रमाणीकरण सुरु गरेको जनाएको हो । निश्चित सिपयुक्त श्रमिक ल्याउने सम्बन्धमा प्रचलित कानुन, नियमावली, निर्देशिका र अन्य सम्बन्धित कानुनी प्रावधान, विधि र प्रक्रिया बमोजिम मागपत्र प्रमाणीकरण गर्ने कार्य सुरु गरिएको दूतावासले जनाएको हो । मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजात ...
। जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको तीन वर्षपछि अभियुक्त तेत्सुया यामागामीले अदालतमा आफ्नो अपराध स्वीकार गरेका छन् । अदालतमा सोधपुछको क्रममा उनले ‘सबै कुरा सत्य हो’ भन्दै हत्या गरेको स्वीकारेका हुन् ४५ वर्षीय यामागामीले जापानको नारा जिल्ला अदालतमा उपस्थित भएर हत्या र हतियारसम्बन्धी कानुनी उल्लंघनका आरोपमा भएको सुनुवाईको पहिलो दिन नै अभियोग स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमहरूले ...
। अमेरिका र जापानले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानकी प्रधानमन्त्री सनेई तकाइचीले दुईवटा नयाँ सम्झौतामा हस्ताक्षर गरेका हुन् । दुई देशबीच हस्ताक्षरित एउटा सम्झौताले अमेरिका-जापान सम्बन्धको नयाँ ‘गोल्डन एज’ को सुरूवातलाई दर्शाउँछ भने दोस्रो सम्झौता महत्वपूर्ण खनिजसँग सम्बन्धित रहेको छ । ‘पहिलो सम्झौता लामो समयदेखि सहयोगी रहेका दुवै देशबीचको ...
: जापानका पूर्वप्रधानमन्त्री तोमिची मुरयामाको १०१ वर्षको उमेरमा निधन भएको जापानी अधिकारीहरूले जनाएका छन् । उनको शुक्रबार बिहान निधन भएको हो। दोस्रो विश्वयुद्धमा जापानले एसियाली देशहरूमा गरेका अत्याचारबारे ‘गहिरो पश्चाताप’व्यक्त गर्ने ऐतिहासिक वक्तव्यका कारण उनी विशेष रूपमा चिनिन्छन्। सोसल डेमोक्रेटिक पार्टीकी नेत्री मिजुहो फुकुसिमाले एक्समार्फत् जानकारी दिँदै लेखेकी छिन, 'जापानी राजनीतिको पिता मुरयामा तोमिचीको बिहान ११:२८ ...
जापान विशेष
आजको विनिमय दर
स्वास्थ्य
‘समाजवादीको एकता माओवादी होइन, एमालेसँग राम्रो हुन्छ’ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको वार्ता चलिरहेका बेला त्यसले दुवै पार्टीमा तरंग ल्याएको छ । एकीकृत समाजवादीमा एकता माओवादीसँग कि एमालेसँग भन्नेमा ध्रुवीकरण भइरहेको छ । पार्टीको नेतृत्व पुनर्गठन नगरी हुने एकताको कुनै अर्थ नरहने केही नेताहरूको धारणा छ । यसै सन्दर्भमा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी : अहिले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने भनिएको छ। यो प्रक्रिया कहाँ पुग्यो ? अध्यक्षले वार्ता समिति बनाउनुभएको भन्ने कुरा पनि सुनेको हो । माओवादी पक्षबाट पनि वार्ता समिति बनेको भन्ने कुरा सुनिएको छ । उहाँहरूले वर्कआउट गर्नुभएको छ भन्ने कुरा पत्रपत्रिकाबाट सुनिएको छ । स्थायी कमिटीको यो बीचमा अब त्यो अध्यक्षले तोके बमोजिमकै मान्छे पठाएको हो । स्थायी कमिटीको बैठकमा यो बृहत्तर वामपन्थी एकता र ध्रुवीकरणको लागि वार्ता समिति बनाएका थियौं- बेदुराम कमरेडको अध्यक्षतामा फलानो फलानो नेताहरू भएको भनेर तीन जनाको नाम सार्वजनिक गर्नुभयो। त्यसपछि एकताका आधारहरू प्रस्तुत पनि गर्नुभएको थियो । ती एकताका आधारहरूमा सम्भावित वामपन्थी पार्टीहरूसँगको त्यति ठूलो अन्तरक्रिया, अन्तरघुलन अथवा इन्गेजमेन्ट नभएको, विप्लव नेतृत्वको नेकपासँग अथवा एमाले, अरू अरू पार्टीसँग नभएको, अलि अर्थपूर्ण ढंगले माओवादीसँग चाहिँ भएको, माओवादीसँग त एकता, नाम, झन्डासम्मका कुराहरू भइसकेको भन्ने कुरा त्यो स्थायी कमिटीको बैठकमा बताउनुभएको थियो। त्योभन्दा धेरै डेभलपमेन्ट त आज केन्द्रीय कमिटीको बैठक छ, त्यही ल्याउनुहुन्छ होला । त्योभन्दा धेरै चिज थाहा छैन। यो एकता प्रक्रियाप्रति तपाईंको धारणा के छ? वामपन्थी एकता, ध्रुवीकरणको पक्षमा त उभिँदै आएकै हो । जतिबेला पार्टीहरू कमजोर हुन्छन्, त्यतिबेला झन्डै वामपन्थी पार्टीहरूले एकताको गफ गरिरहेको इतिहास छ। एकता आफैंमा सुन्दर र राम्रो कुरा हो। एकताको विरोधी हुनुपर्ने पनि छैन । एकता विरोधी कोही हुन पनि सक्दैन। तर एकता प्रक्रियाभित्र के एजेन्डा छन् ? कस्ता शक्ति छन् ? र उनीहरूसँग हामी के एजेन्डामा, कस्तो रूपान्तरणमा एकता चाहिरहेका छौँ ? भन्ने कुरा बैठकमा एजेन्डाभित्र प्रवेश गरेपछि त्यसका मत मतान्तर राख्न सकिन्छ। समग्रमा बाहिर ब्यानरको हिसाबले एकता भन्ने कुरा सकारात्मक हो, राम्रो कुरा हो । त्यसको विरोध गर्नुपर्ने, असहमति राख्नुपर्ने कुनै कारण छैन। तर एकता प्रक्रियाभित्रका रुचिहरू, त्यहाँभित्रको कन्टेन्ट, विचारधाराको प्रश्न, एक हिसाबले एजेन्डाकै प्रश्न भनौँ न, त्यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ। बैठकमा एजेन्डासहित कुराहरू स्पष्ट आयो भने बल्ल आफ्नो मत राख्न सकिएला । अहिलेलाई त यति नै भन्न सकिन्छ कि एकता विरोधी त कोही पनि छैन, कोही हुनै सक्दैन, किनकि एकता सबैको लागि प्रिय चिज हो। तर त्यहाँभित्र सही विश्लेषण गरेर, नेपाली समाजको, नेपाली राजनीतिको, परिस्थितिको सही विश्लेषण गरिसकेपछि, इतिहासको संश्लेषण गरेर नीति, कार्यक्रम, विचारधाराको प्रश्नमा क्लियर गरेर त्यसपछि अझ एजेन्डा आउँछन्, कार्यक्रमिक हिसाबले त्यहाँ के गर्ने भन्ने आधारमा एकता कस्तो हुने, के हुने भन्ने कुराको निर्क्योल गर्छ र एकताले नेपाली समाजलाई कस्तो मैसेज दिन्छ भन्ने कुराको पनि निर्क्योल गर्छ। समाजवादीमा माओवादीसँग एकता गर्ने कि एमालेसँग एकता गर्ने कि भन्ने दुइटा खालको विचारधारा देखिन्छ नि ? अब हामी समाजवादीहरूको ठूलो हिस्साको मान्छेहरूको लागि एकता एमालेसँग हुनु राम्रो हो । किनकि एमाले नै हामीले निर्माण गरेको पार्टी हो । त्यहाँ हामीले सबै चिज गरेर, जिन्दगीका धेरै महत्त्वपूर्ण समय त्यहाँ खर्चेर, त्यो आन्दोलन, त्यो पार्टी गठन/पुनर्गठनका सबै काम गरेर आएको भएर सहज र सजिलो व्यक्तिगत हिसाबले भन्दा त त्यो नै बाटो हो । तर अब त्यो एकता किन सम्भव भएन र, त्यो बाटोतर्फ किन वार्ता समितिले संवाद गरेन र माओवादीसँग मात्रै डायलग गरिरहेको छ भन्ने प्रश्न पनि सम्भवत: यो बैठकमा हामीले उठाउँछौँ।
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम