मुख्य समाचार
वर्थिङ सेन्टरमा ब्लड बैंक नहुँदा सुत्केरी मृत्युदर बढ्यो
वर्थिङ सेन्टरमा ब्लड बैंक नहुँदा सुत्केरी मृत्युदर बढ्यो

: अत्यधिक रक्तस्राव हुँदा चालु आर्थिक वर्षको नौं महिनाभित्रमा सिन्धुपाल्चोकको चौतारा साँगा चोकगढी नगरपालिका दुई जना सुत्केरी महिलाको ज्यान गएको छ।


जिल्लाका वर्थिङ सेन्टरमा ब्लड बैंक र पर्याप्त उपकरण नहुँदा सुत्केरीको मृत्युदर बढ्न थालेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख जनस्वास्थ्य अधिकृत दुर्गा बजगाईंले बताइन्। ‘हाम्रा वर्थिङ सेन्टरहरूमा ब्लड बैंक र पर्याप्त उपकरण छैनन्’, बजगाईंले भनिन्– ‘जसको कारण सुत्केरीहरूको मृत्युदरमा वृद्धि भएको छ। जिल्ला सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा नै यो आर्थिक वर्षको चैत्र मसान्तसम्ममा दुई जनाको मृत्यु हुनुले सुत्केरी मृत्युदर घटाउन थप चुनौती सिर्जना भएको छ।’ उनले ब्लड बैंक स्थापनाका लागि तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन्।

वर्थिङ सेन्टरमा सुत्केरी गराउन पुगेकाहरूले रगत अभाव भएको बखत रगत पूर्ति गर्न समस्या भइरहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। हाल सिन्धुपाल्चोकमा ५५ वटा वर्थिङ सेन्टर सञ्चालनमा छन्। स्थानीय महिला चौतारा अस्पताल, ३ प्राथमिक स्वास्थ्य केन्द्र, ७५ स्वास्थ्य चौकीमा समेत सुत्केरी गराउन पुग्ने गरेका छन्।


रगत अभावकै कारण वर्थिङ सेन्टर र स्वास्थ्य केन्द्रबाट सुत्केरीहरूलाई रेफर गर्नुपर्ने बाध्यता रहेको बाह्रविसे प्राथमिक स्वास्थ्य सेवा केन्द्र बाह्रविसेका डा. जेनिथ रौनियारले बताए। ‘हरेक शल्यक्रियामा रगतको पूर्वतयारी गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव छैन,’ उनले भने, ‘ब्लड बैंक’ नहुँदा बिरामी र उनीहरूका आफ्नतले सास्ती भोग्नुपरेको छ।’ विशेषगरी गर्भवतीको शल्यक्रिया गरेर सुत्केरी गराउनु पर्दा बढी रगत खोजिन्छ। अहिले जिल्लाको अस्पताल तथा स्वास्थ्य संस्थाले समूह मिल्ने व्यक्तिको खोजी गरेरै रगतको आपूर्ति गरेका छन्। यस्ता समस्या भए तापनि अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष वर्थिङ सेन्टरमा सुत्केरी गराउनेको संख्यामा भने वृद्धि भएको तथ्यांकले देखाएको छ। वर्थिङ सेन्टरमा ४२ प्रतिशत महिला सुत्केरी हुन पुगेका जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको तथ्यांक छ।

गत आर्थिक वर्ष २०७९/०८० भित्र ९ जना नवजात शिशुको ज्यान गएको थियो। चालु आर्थिक वर्षमा भने नवजात शिशु मृत्युको कुनै पनि घटना भएको छैन। बागमती प्रदेशले सिन्धुपाल्चोक सहित ११ जिल्लाका स्थानीय तहलाई गर्भवती तथा प्रसूति अवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रमअन्तर्गत बजेट छुट्याइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...