मुख्य समाचार
पन्जाबले भेटायो टी-२० क्रिकेट इतिहासकै सर्वाधिक ठूलो लक्ष्य
पन्जाबले भेटायो टी-२० क्रिकेट इतिहासकै सर्वाधिक ठूलो लक्ष्य

। ओपनर जोनी बेयरस्टोको शतक र शशांक सिंहको हिटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकाता नाइट राइडर्समाथि ८ विकेटको विश्व कीर्तिमानी जित हात पारेको छ ।

पन्जाबले टी-२० इतिहासकै सर्वाधिक २६२ रनको विशाल लक्ष्य भेटाएको हो । यसअघि टी-२० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेस गरेको थियो ।


२६१ रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । पन्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे ।

खराब लयपछि बारिह भएका बेयस्टोको यो शतकले पन्जाबलाई ठूलो राहतसमेत दिनेछ । ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुआत दिलाएका थिए ।



शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे । राइली रोसोउ २६ रनमा आउट भए । कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए ।

त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो ।

कोलकाताका ओपनर फिलिप साल्टले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७५ रन बनाए । सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।

वेंकटेश ऐर ३९, आन्द्रे रसेल २४, श्रेयस ऐर २८ र रिंकु सिंह ५ रनमा आउट भए । पञ्जाबका अर्शदीप सिंहले २, साम करन, हर्षल पटेल, राहुल चाहरले एक/एक विकेट लिए ।

आईपीएलमा यसअघि सन् २०२० मा राजस्थान रोयल्सले पन्जाबमाथि २२४ रनको लक्ष्य पूरा गरेको थियो । यसै वर्ष राजस्थानले कोलकातासँग पनि २२४ रनको लक्ष्य पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...