मुख्य समाचार
‘लापता लेडिज’देखि ‘कपिल शर्मा शो’सम्म यो साता रिलिज भए ओटीटीमा
‘लापता लेडिज’देखि ‘कपिल शर्मा शो’सम्म यो साता रिलिज भए ओटीटीमा

। यो साता ओटीटी प्लाटफर्ममा नयाँ फिल्म र सिरिज रिलिज भएका छन् । गत महिना हलमा रिलिज हुँदा राम्रो समीक्षा प्राप्त गरेको बलिउडको ‘लापता लेडिज’देखि हलिउडको ‘कुङ्फु पाण्डा ४’ पनि यो साता स्ट्रिमिङ भइरहेको छ ।

तपाईंले घरमै बसीबसी आफूले सब्सक्राइब गरेका ओटीटी प्लाटफर्ममा यी फिल्म र श्रृंखला हेर्न सक्नुहुन्छ । यो साता स्ट्रिम हुन थालेका फिल्म र श्रृंखलाको सूची यस्तो छ ।

लापता लेडिज – नेटफ्लिक्स
किरण राव निर्देशित यो फिल्मले सन् २००१ को काल्पनिक थलो निर्मल प्रदेशको कथा पेश गर्छ । ‘लापता लेडिज’ दुईजना दुलही फूल र पुष्पाको कथा हो, जो रेल यात्राको क्रममा संयोगवश अदलाबदली हुन्छन् । एउटीलाई अर्को दुलहाले घर लैजान्छ । अर्को जोडी रेल स्टेसनमा फसेको छ । किसन नामका एक प्रहरी अधिकारीले घटनाको अनुसन्धानको जिम्मा आफैं लिन्छन् । यसले समीक्षक र दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।




टिल्लु स्क्वायर – नेटफ्लिक्स

सिद्धु जोन्नालगड्डा र अनुपमा परमेश्वरनले यो रोमान्टिक क्राइम–कमेडी फिल्ममा अभिनय गरेका छन् । यो फिल्म डीजे टिल्लु (२०२२) को सिक्वेल हो । सिद्धु यसमा डीजे टिल्लुको भूमिकामा छन् । अनुपमाले उनको प्रेम रुचि लिलीको भूमिका निर्वाह गर्छिन् । अघिल्लो भागले जस्तै यो फिल्मले समस्याबाट मुक्त हुन जोडीले गरेको संघर्ष दर्शाउँछ ।

द ग्रेट इण्डियन कपिल शर्मा शो : नेटफ्लिक्स

आमिर खान ‘द ग्रेट इन्डियन कपिल शो’को पछिल्लो एपिसोडमा देखिने तयारीमा छन् । यो शोमा आमिर पहिलोपटक देखिन लागेका हुन् । यो एपिसोडको प्रोमो बुधबार रिलिज भइसकेको छ । तपाईंले नियमित रुपमा यो शो हेर्नुहुन्छ भने रमाइलोका लागि तयार हुनुस् । आमिरले शोमा आफ्ना छोराछोरीले उनको कुरा सुन्दैनन् भन्ने गुनासो गरेका छन् ।

क्र्याक : डिज्नी प्लस हटस्टार

विद्युत जामवालको एक्सनले भरिएको यो थ्रिलर फिल्मलाई आदित्य दत्तले निर्देशन गरेका हुन् । यो फिल्म मुम्बईको बस्तीबाट भूमिगत खेलकुदको संसारसम्म मुख्य पात्रले गर्ने व्यक्तिको कथा हो । साथै, उसले आफ्नो भाइ बेपत्ता हुनुको कारण पनि पत्ता लगाउँछ । यो फिल्ममा अर्जुन रामपाल, नोरा फतेही र एमी ज्याक्सनको पनि अभिनय छ ।

द फेमिली स्टार – प्राइम भिडियो

विजय देवरकोंडा र मृणाल ठाकुरको अभिनय रहेको यो पारिवारिक फिल्म गोवर्धन र इन्दुको वरिपरि घुम्छ । देवरकोंडाले यसमा गोवर्धन पात्रको भूमिका निर्वाह गरेका छन् जो परिवारको सुख शान्तिको लागि लागिपर्छ । कथा अघि बढ्दै जाँदा उसको इनकाउन्टर उसको लभ–इन्ट्रेस्ट बनेकी ठाकुरसँग हुन्छ । साथै, पारिवारिक मान्छेको रोमान्टिक पाटोलाई पनि यसमा चित्रण गरिएको छ । यो फिल्म अमेजन प्राइममा रिलिज भएको छ ।

यसबाहेक ‘कुङफु पाण्डा ४’ बुकमाई शोमा रिलिज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम