मुख्य समाचार
खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : कप्तान पौडेल
खराब नतिजा बिर्सेर अगाडि बढ्छौं : कप्तान पौडेल

— नेपाली क्रिकेट टोलीको कप्तान रोहितकुमार पौडेलले खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिज ‘ए’ सँगको टवान्टी–२० श्रृंखलामा ध्यान केन्द्रित रहेको बताएका छन् । नेपालले शनिवारदेखि घरेलु मैदानमा वेस्ट इण्डिजसँग पाँच खेलको श्रृंखला खेल्दै छ ।


एसीसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो श्रृंखला खेल्न लागेको हो । शुक्रवार श्रृंखला अघिको पत्रकार सम्मेलनमा रोहितले प्रिमियर कपबाट सबै खेलाडी निराश रहे पनि त्यसलाई भुलेर भविष्यतर्फ केन्द्रित रहेको बताए । नेपालका कप्तान पौडेलले ओमानमा नेपालका लागि सुखद् नरहे पनि यो श्रृंखलाबाट राम्रो तयारी गर्ने आशा व्यक्त गरेका हुन् ।



उनले अहिलेसम्म नेपालले खेल्न लागेको उत्कृष्ट मध्ये एक श्रृंखला रहेको पनि धारणा पनि राखे । ओमानको एसिसी प्रिमियर लिगबाट आफ्नो टोलीमा केही निराश रहे पनि अहिले टोलीको ध्यान आगामी खेलका लागि रहेको धारणा राखे । वेस्ट इण्डिजका कप्तान रोस्टन चेजले विश्वकपको तयारीका लागि यो श्रृंखला महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै यहाँबाट आफ्ना खेलाडीले प्रमाणित गर्ने अवसर रहेको बताए ।

उनले विश्वकपका लागि यो टोलीबाट दुई जना खेलाडी छनोट हुने पनि उल्लेख गरे । कप्तान चेजले १५ हजार दर्शकमाझ खेल्दा रमाइलो हुने आशा व्यक्त गरेका छन् । यहाँबाट छनोट नहुने खेलाडीले विश्वकप पछाडि पनि क्रिकेट हुन्छ भन्ने मनमा लिने धारणा राखेका छन् ।

नेपालका प्रशिक्षक मोन्टी देसाईले विश्व क्रिकेटमा ठूलो इतिहास बोकेको वेस्ट इण्डिज क्रिकेटसँगको श्रृंखलाबाट नेपालले राम्रो तयारी गर्ने आशा व्यक्त गरे । प्रशिक्षक मोन्टीले यो शृंखलाबाट खेलाडीमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् ।

ब्याटिङ युनिट आशाभन्दा कम देखिए पनि दीपेन्द्रसिंह ऐरीको एकै ओभरमा ६ छक्का लगायत केही सकारात्मक पक्ष ओमानमा आएका प्रशिक्षकको बुझाइ छ । मोन्टीले टियु मैदानमा आफ्नो टिमले केही सुधार गर्ने धारणा राखे । वेस्ट इन्डिज ‘ए’ का प्रशिक्षक फ्लोयड रेइफरले श्रृंखलामा राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गर्र्दै एसोसिएट राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएको धारणा व्यक्त गरे ।

उनले नेपालमा पनि प्रतिभावान खेलाडी रहेको उल्लेख गर्दै यो श्रृंखला राम्रो रहने आशा व्यक्त गरेका छन् । नेपालको पिच कन्डिसन केही स्लो रहेको पनि उनको बुझाइ छ । करिव १५ हजार दर्शकमाझ खेल्ने रमाइलो हुने प्रशिक्षक रेइफरको विश्वास छ ।

पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले वेस्टइण्डिज एसँगको श्रृंखलाका लागि विनोद भण्डारी, लोकेश बम, कमल सिंह ऐरी र सागर ढकाल थपेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...