मुख्य समाचार
विश्वकपअघिको अवसर
विश्वकपअघिको अवसर

— स्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुनु एक महिनामात्र बाँकी छ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग शनिबार सुरु ट्वान्टी–२० शृंखला खेलिरहँदा विश्वकप खेल्ने अन्य टोलीको ध्यान पनि यसले तान्ने छ । नेपाल र वेस्ट इन्डिजसहित अन्य १८ टोलीले ५ दिनभित्र १५ सदस्यीय अन्तिम खेलाडी नामावली अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मा बुझाइसक्नु पर्नेछ ।


नेपाल र वेस्ट इन्डिज दुवैले आफ्नो अन्तिम टोली घोषणा गर्नुअघि शृंखलाको दुई खेल खेल्ने छ । त्यसैले दुवै टोलीलाई अन्तिम टोली घोषणा गर्नुपूर्व यो दुई खेल महत्त्वपूर्ण हुनेछ ।



वेस्ट इन्डिजबाट नियमित खेल्दै आएका कप्तान रोभमन पोवेल, एन्ड्रे रसेल, निकोलस पुरन, केयल मेयर्स, सेरफान रदरफोर्ड, रोमारियो सेफर्ड, अल्जारी जोसेफ र सिमरन हेटमरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेलिरहेका छन् भने पूर्वकप्तान जेसन होल्डर इंग्लिस काउन्टी क्रिकेट खेलिरहेका छन् । त्यसबाहेक अन्य सबैका लागि विश्वकपमा वेस्ट इन्डिज टोलीमा पर्न नेपालसहितका खेल अवसरको रूपमा रहेको छ ।

‘नेपालसँगको शृंखला विश्वकप तयारीलाई लिएर हाम्रा खेलाडीका लागि अवसरको रूपमा रहेको छ, हाम्रो छनोटकर्ताले अझै वेस्ट इन्डिजको विश्वकप टोलीमा दुई स्थान खाली छ भनेका छन्,’ वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले भने, ‘त्यसैले पनि हाम्रा खेलाडी र नेपाली खेलाडीका लागि विश्वकपमा छानिने अवसर छ ।’

मे १ (बुधबार) सम्म सबै टोलीले अन्तिम टोली आईसीसीमा बुझाइसक्नुपर्ने प्रावधान रहेको छ । त्यसअघि शनिबार र आइतबार पहिलो दुई खेलमा नेपाल र वेस्ट इन्डिज ‘ए’ प्रतिस्पर्धा गर्दै छन् । नेपालले आरिफ शेखलाई समेट्दै बिहीबार १६ सदस्यीय टोली घोषणा गरेको थियो । विश्वकपमा १५ सदस्य खेलाडी हुनुपर्ने प्रावधान छ ।

तर, नेपालले शुक्रबार आफ्नो टोलीमा विनोद भण्डारी, लोकेश बम, सागर ढकाल र कमलसिंह ऐरीलाई थपेर २० सदस्यीय बनाएको छ । खेलाडीको नामावली अन्तिम समय आइसकेको अवस्थाबारेको प्रश्नमा नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले ‘वान बल ब्याटल’ भन्दै कूटनीतिज्ञ जवाफ दिए ।

वेस्ट इन्डिज ‘ए’ टोली हेर्ने हो भने नेपालले ठूलै चुनौती सामना गर्नुपर्ने देखिन्छ । वेस्ट इन्डिज टोलीमा वेस्ट इन्डिज ‘ए’ को टोलीमा जोनसन चार्ल्स, फाबियन एलेन, एन्ड्रे फ्लेचर, हेडेन वाल्स, एलिक अथानाजे, किमो पाउल, ओसाने थोमस जस्ता खेलाडी रहेका छन् । वेस्ट इन्डिजका प्रशिक्षक फ्लोयड रेइफरले नेपालबारे आफूहरू जानकार रहेको बताए ।

‘गत वर्ष विश्वकपमा छनोटमा नेपालले वेस्ट इन्डिजसँग खेलेको हामीले हेरेका थियौं, नेपालले राम्रो खेलेको थियो, नेपालसँग प्रतिभाशाली खेलाडीहरू छन्, हामी कसैलाई कमजोर ठान्ने छैनौं,’ वेस्ट इन्डिजका पूर्व राष्ट्रिय खेलाडी रेइफरले भने, ‘यो राम्रो शृंखला हुने अपेक्षा लिएको छु ।’

जिम्बावेमा भएको विश्वकपमा छनोटमा वेस्ट इन्डिजले नेपाललाई १ सय १ रनले पराजित गरेको थियो । वेस्ट इन्डिजले बनाएको ३३९–७ को जवाफ फर्काउने क्रममा आरिफ शेखले ६३ रन बनाएपछि नेपाल ४९.४ ओभरमा २ सय ३८ रनमा अलआउट भएको थियो ।

विश्वकपअघि वेस्ट इन्डिज ‘ए’ सँग खेल्नु नेपालका लागि ठूलो मौका हुनेछ । विशेष गरी ओमानमा साता दिनअघि एसीसी प्रिमियर कपमा गरेको निराशाजनक प्रदर्शन चिरेर नेपालसामु विश्वकपपूर्व आफ्नो कमजोरी सुधार्ने मौका छ ।

समूह चरणको चारै खेल जितेको नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएर अर्को वर्ष हुने एसिया कपबाट बाहिरिएको थियो भने हङकङसँग तेस्रो स्थानका लागि भएको प्लेअफ खेलमा पराजित भएर नोभेम्बर हुने एसीसी इमर्जिङ कपबाट पनि बाहिरिएको थियो ।

‘ओमानको प्रदर्शनलाई लिएर हामी निराश छौं । समूह चरणका खेलमा हाम्रो सबै मिलिरहेको थियो, तर सेमिफाइनलमा हारेपछि निराशा बढ्दै गयो,’ नेपालका कप्तान रोहित पौडेलले भने, ‘यो सबै बिर्सिएर हामीले तेस्रो स्थानका लागि राम्रो खेल्नुपर्ने थियो । तर, त्यसमा पनि राम्रो भएन । एउटा ब्याटिङ युनिटका रूपमा हामीले राम्रो खेल्न सकेनौं । अब त्यसलाई बिर्सिएर वेस्ट इन्डिजसँगको शृंखलाप्रति हामी उत्साहित छौं । आफ्नो उत्कृष्ट दिन सबै तयार छन् । कीर्तिपुरको कन्डिसन हेर्ने हो भने ब्याटिङका लागि सहयोगी छ, एउटा बलिङ युनिट हाम्रो अझै चुस्त हुनुपर्नेछ ।’

वेस्ट इन्डिज दुई पटकको ट्वान्टी–२० विश्वकप च्याम्पियन हो । वेस्ट इन्डिजको कुनै पनि टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । नेपाली राष्ट्रिय टोलीसँग खेल्न काठमाडौं आउने वेस्ट इन्डिज चौथो टेस्ट टोली हो । पाकिस्तानको क्रिकेट एकेडेमी टोलीले सन् २००८ मा आएर नेपालसँग तीन ५० ओभरको खेल खेलेको थियो । गत वर्ष जिम्बावे ‘ए’ र अघिल्लो महिना आयरल्यान्ड ‘ए’ ले नेपालसँग खेलेको थियो ।

नेपाल प्रशिक्षक देसाई तीन वर्षसम्म वेस्ट इन्डिजको ब्याटिङ परामर्शदाता थिए । गत वर्षको फेब्रुअरीमा उनी नेपालको प्रशिक्षक हुनुअघि वेस्ट इन्डिजमै थिए । उनले ओमानमा हार बेहोरेको पछिल्ला दुई खेलले नेपालको तस्बिर बोल्न नसक्ने जनाए ।

‘वेस्ट इन्डिजको क्रिकेट इतिहास निकै ठूलो छ, ५० ओभरको क्रिकेट संरचनामा आएपछि उनीहरू दुई पटक विश्वकप विजेता बनेका थिए, उनीहरू आफ्नो छवि ट्वान्टी–२० मा पनि त्यहीअनुरुप बनाउँदै दुई पटक विश्व विजेता बनिसकेका छन् । वेस्ट इन्डिजले टेस्ट क्रिकेटमा आफ्नो वर्चस्व कसरी जमाएको थियो भन्ने हामीलाई थाहै छ । हामी हुर्कंदै गर्दा उनीहरूलाई धेरै आदर गर्थ्यौं,’ देसाईले भने, ‘यस खेलमा प्रतिस्पर्धा अवश्य हुन्छ, तर हामीले नतिजाभन्दा यस शृंखलालाई आफ्नो आत्मविश्वास बढाउने अवसरका रूपमा लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...