मुख्य समाचार
अमेरिकाका २५ युनिभर्सिटीमा प्यालेस्टाइको समर्थनमा प्रदर्शन
अमेरिकाका २५ युनिभर्सिटीमा प्यालेस्टाइको समर्थनमा प्रदर्शन

: अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन निरन्तर बढ्दै गएको छ। अमेरिकाभरका २५ विश्वविद्यालयहरूमा जारी प्रदर्शनका क्रममा मानिसहरूले गाजामा इजरायलको आक्रमण अन्त्य गर्न माग गरिरहेका छन्।


प्रदर्शनका क्रममा बुधबार आन्दोलनरत विद्यार्थी र प्रहरीबीच झडप भएको थियो । यस अवधिमा टेक्सास विश्वविद्यालय र अन्य विश्वविद्यालयका ३४ जना विद्यार्थीलाई पनि पक्राउ गरिएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार बुधबार प्रहरीले क्यालिफोर्निया विश्वविद्यालयमा प्रदर्शनकारीहरूको टेन्ट उखालिदिएको छ। करिब ३० विद्यार्थी पक्राउ गरिएको थियो। बाँकी १५० आन्दोलनकारीलाई पनि कलेजबाट निष्कासन गर्ने चेतावनी दिइएको छ ।




त्यस्तै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विरोध प्रदर्शनका सम्बन्धमा बयान जारी गरेका छन्।

नेतान्याहुले भनेका छन्, 'अमेरिकी विश्वविद्यालयहरूमा इजरायलको युद्धको विरोधले भयानक रूप लिइरहेको छ। यहुदीविरोधी भीडहरूले प्रमुख विश्वविद्यालयहरू कब्जा गरेका छन्। उनीहरू इजरायललाई नष्ट गर्न चाहन्छन्। उनीहरूको निसानमा यहूदी विद्यार्थी र प्राध्यापक पनि रहेका छन्।'

अमेरिकाको सदनका सभामुख माइक जोन्सन पनि कोलम्बिया विश्वविद्यालय पुगेका थिए । उनले ह्वाइट हाउससँग प्रदर्शनका सम्बन्धमा कारबाही गर्न माग गरे। आन्दोलनलाई दबाउन अमेरिकी नेसनल गार्ड ल्याउने सम्भावना पनि व्यक्त गरिएको छ । सभामुखले कोलम्बिया विश्वविद्यालयका अध्यक्षको राजीनामा पनि मागेका छन् । जोनसनको सम्बोधनका क्रममा विद्यार्थीहरूले प्यालेस्टाइनको पक्षमा नारा पनि लगाएका थिए ।

केही समयदेखि इजरायल र प्यालेस्टाइनलाई समर्थन गर्ने विद्यार्थीहरूले अमेरिकाका शीर्ष विश्वविद्यालयहरूमा लगातार विरोध प्रदर्शन गरिरहेका छन्। अप्रिल १८ मा न्यूयोर्क पुलिस विभागले कलेज क्याम्पसबाट १०० भन्दा बढी प्यालेस्टिनी समर्थक विद्यार्थीहरूलाई गिरफ्तार गर्यो।

कोलम्बिया विश्वविद्यालयमा गाजा सोलिडारिटी क्याम्पेन नामक अभियान चलिरहेको छ। यो कोलम्बिया युनिभर्सिटी अपार्थाइड डाइभेस्ट (सीयुएडी) नामक विद्यार्थी संगठनद्वारा सञ्चालित छ। यो संगठनले गाजामा आक्रमण गर्ने इजरायलबाट लाभ उठाउने कम्पनीहरूबाट विश्वविद्यालयहरूले आफूलाई अलग गर्न माग गरेको छ।

न्यूयोर्क विश्वविद्यालयमा 'एनवाइयु' प्यालेस्टाइन सोलिडारिटी कलेक्सनले प्रदर्शनहरूको नेतृत्व गरिरहेको छ। यी विद्यार्थीहरूले युनिभर्सिटीको तेल अवीव क्याम्पस बन्द गर्न पनि माग गरेका थिए। किनभने प्यालेस्टिनी विद्यार्थीहरूलाई उक्त विश्वविद्यालयमा प्रवेश दिइँदैन। येल विश्वविद्यालयका प्रदर्शनकारीहरूले येलले इजरायलका लागि सैन्य हतियार उत्पादन गर्ने कम्पनीहरूबाट अलग्गिन माग गरेका छन्। दैनिक भास्कर

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...