मुख्य समाचार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

: नेपाल क्रिकेट संघले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । बिहीबार क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो ।


नेपाली टोलीमा टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल, गुल्सन झा,ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा,विवेक यादव र आकाश चन्द छन्।

नेपाल र वेस्ट इन्डिज 'ए'बीच शनिबारदेखि टी-२०आई शृंखला हुँदैछ। क्यानका अनुसार वैशाख १६ गते, वैशाख १९ गते , वैशाख २० गते र अन्तिम खेल वैशाख २२ गते हुनेछ।




प्रतियोगिताका लागि वेस्ट इन्डिजले रोस्तन चेजको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। वेस्ट इन्डिजले घोषणा गरेका टोलीका अधिकांश सदस्यहरूले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।

वेस्ट इन्डिज 'ए' टोलीमा कस्ता छन् खेलाडी?

रोस्तनले क्रिकेटको तीनवटै फर्म्याट खेलिसकेका छन्। उनले ४९ टेस्ट, ४५ ओडीआई र ११ टी-२०आई खेलेका छन्। रोस्तम अन्यभन्दा टेस्टमा जमेका देखिन्छन्। उनले टेस्टमा ५ सतक र ११ अर्थशतकसहित २ हजार २६५ रन बनाएका छन्। त्यस्तै उपकप्तान रहेका अलिक आथानाजेले टेस्ट र ओडीआई खेलेका छन्। उनले ओडीआईमा हालसम्म २ अर्धसतक बनाएका छन्।

त्यस्तै थुप्रै फ्रेन्चाइज खेलिसकेका फ्याबियन अलेनले २० ओडीआई र ३ टी-२० आई खेलिसकेका छन्। उनले ओडीआईमा ७ र टी-२०आईमा २४ विकेट लिएका छन्। उनले मुम्बई इन्डियन्स, पञ्जाब र हाइदरावादबाट आइपीएलसमेत खेलिसकेका छन्।

त्यस्तै आइपीएलमै कोलकत्ताबाट खेलिसकेका जोह्नसन चार्लीज्ले ओडीआई र टी-२०आईमा राम्रो प्रदर्शन गरेका छन्। ५८ खेलमा उनले १५३७ रन बनाएका छन्। जसमा २ सतक र ७ अर्धशतक रहेका छन्। त्यस्तै ४८ टी-२० आई खेलेका उनले १०८५ रन बनाउँदा १ सतक र ४ अर्धसतक प्रहार गरेका छन्।

त्यस्तै किएसी कार्टीले २२ ओडीआई खेलेर ५७८ रन बनाएका छन्। उनले ३ अर्धसतक प्रहारसमेत गरेका छन्। त्यस्तै फ्रेन्चाइजमा जमेका अन्द्रे फ्लेचरले २५ ओडीआई र ५४ टी-२० आई खेलेका छन्।

त्यस्तै ओबेड मेकोयले २ ओडीई र ३१ टी-२आई खेलेका छन्। उनले ओडीआईमा ४ विकेट र टी-२०आईमा ४१ विकेट लएका छन्। उनले राजस्थान रोयल्सबाट आइपीएलसमेत खेलिसकेका छन्। त्यस्तै तीनवटै फर्म्याट खेलिसकेका बलर गुडाकेश मोटीए पनि टीममा छन्। उनले ५ टेस्ट, १३ ओडीआई र ५ टी-२० आई खेलेका छन्। उनले टेस्टमा २२, ओडीआईमा २२ र टी-२०आईमा ५ विकेट लिएका छन्।

त्यस्तै अलराउन्डरका रूपमा रहेका किमो पलले पनि तीनवटै फर्म्याट खेलिसकेका छन्। बलिङतर्फ उनले २३ टी-२०आई खेलमा २५ विकेट लिएका छन्। ओडीआईमा भने ३४ र टेस्टमा ६ विकेट लिएका छन्।

त्यस्तै राजस्थानबाट आइपीएल खेलिसकेका ओसेन थोमसले ओडीआई र टी-२०आई खेलिसकेका छन्। उनले ओडीआईमा २५ खेलमा ३१ र टी-२० आईमा २१ खेलमा २१ नै विकेट लिएका छन्।

त्यस्तै हाइदेन वाल्सले पनि २३ ओडीआई र ३८ टी-२०आई खेलिसकेका छन्। उनले ओडीआईमा २८ र टी-२० आईमा ३१ विकेट लिइसकेका छन्। त्यस्तै कदिम अलैने, जोसुवा विशोप, मार्क देयाल, माथिउ फोर्डेले घरेलु प्रतियोगिता राम्रा गरेका खेलाडी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चीनको युनान प्रादेशिक खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई खेल सामग्री तथा स्वास्थ्य परीक्षण उपकरण हस्तान्तरण गरेको छ । चिनियाँ राजदूतावासका डेपुटी चिफ दी मिसन वाङ झिनले मंगलबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङलाई अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित कार्यक्रमबीच सामग्री हस्तान्तरण गरे । करिब ८५ लाख रुपैयाँबराबरको विभिन्न ३४ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । राखेपका उपाध्यक्ष ...
— क्रोएसियाली कप्तान लुका मोड्रिचले सोमबार एसी मिलानसँग एक वर्षको अनुबन्ध गरेको इटालीको सिरी ‘ए’ क्लबले जनाएको छ । गत साता मात्रै मिलानका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सन् २०१८ को बालोन डी’अर विजेता ३९ वर्षीय खेलाडी रियल म्याड्रिडबाट सान सिएरो आउने बताएका थिए । उनी सेप्टेम्बरमा ४० वर्षमा पुग्नेछन् । सन् २०१२ मा उनी टोटनहमबाट रियल गएका थिए । रियलसँगको ...
— भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम एक वर्षमा लगभग एक तिहाइ सकिएको निर्माण पक्षले जनाएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले सहयोग जुटाएर रंगशाला निर्माण थालेको थियो । तर सहयोग जुट्ने अवस्था नरहेको भन्दै फाउन्डेसन कामबाट अलग भएपछि भरतपुर महानगरपालिकाले स्वामित्व लिएर फेरि काम सुरु गरेको हो । महानगरले स्वामित्व लिएपछि गत वर्षको असार २३ गते ...
— नेपालले साफ यू-२० महिला च्याम्पियनसिप फुटबलमा श्रीलंकालाई पराजित गर्दै दोस्रो जित हात पारेको छ । निर्धारित समयभन्दा ढिला सुरु भएको मंगलबारको खेलमा नेपालले श्रीलंकालाई ७-० ले पराजित गरेको हो । नेपालको जितमा मीना देउवाले ह्याट्रिक गरिन् भने पूर्णिमा राईले दुई गोल गरिन् । थप दुई गोल समीक्षा मगर र सरिता कुमारीका नाममा रह्यो । बंगलादेशको ढाकास्थित ...
। इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित निकालेको छ । लर्ड्स मैदानमा भएको तेस्रो टेस्टको पाँचौं दिन तेस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २२ रनले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको हो। पाँच दिनसम्म उतारचढावले भरिएको खेल अन्ततः इंग्ल्यान्डले जित्दै रोमाञ्चक अन्त्यमा पुर्‍यायो। १९३ रनको लक्ष्य पछ्याएको भारत अन्तिम पारीमा १७० रनमै समेटियो। रविन्द्र जडेजाले अविजित ...