मुख्य समाचार
५ महिनाकी हिमानीको कलेजोमा समस्या, आर्थिक सहयोग गरिदिन बाबुको अपिल
५ महिनाकी हिमानीको कलेजोमा समस्या, आर्थिक सहयोग गरिदिन बाबुको अपिल

: बागलुङको तमानखोला गाउँपालिका–१ का केशबहादुर अर्गेजा मगरले छोरीको जीवन रक्षाका लागि सहयोगको अपिल गरेका छन् । ५ महिनाकी छोरी हिमानी अर्गेजा मगरको कलेजोमा समस्या देखिएको र उपचारका लागि ठूलो रकम लाग्ने भएपछि सहयोगका लागि अपिल गर्नुपरेको उनले बताए ।


गत चैत ७ गतेदेखि गम्भीर बनेकी हिमानीको कान्ति बाल अस्पताल काठमाडौंको आईसीयुमा उपचार भएको थियो । अस्पतालका चिकित्सकका अनुसार हिमानीको उपचारका लागि कलेजो प्रत्यारोपण मात्रै विकल्प भएको र त्यो भारतमा सम्भव हुने बताएपछि परिवारले अस्पतालबाट लिएर कोठामा राखेको बुबा केशबहादुरले बताए ।

उनले उपचारका लागि भारत लैजान र कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव भएकाले सहयोगको याचना गर्नुपरेको दुखेको पोखे । ‘काठमाडौंकै वीर अस्पताल र टिचिङ अस्पतालमा पनि प्रयास गर्‍यौं, त्यसपछि कान्ति बाल अस्पतालमा उपचार गरेका थियौं,’उनले भने,‘अस्पतालले उपचार सम्भव नभएको भन्दै कि घर लैजा कि प्रत्यारोपण गर्न भारत लैजा भनेर डिस्चार्ज गरिदिएपछि अहिले काठमाडौंको कोठामा राखेका छौं ।’




छोरीलाई भारतको एपोलो अस्पतालमा लगेर कलोजो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि ४५ लाख बढि रुपैयाँ लाग्ने भएकाले सहयोगको अपिल गरेका हुन्। ‘सानो खर्चमा उपचार हुन्थ्यो भने जसोतसो गरी यतै गर्थें , भारत लैजा भनेको छ,’उनले भने, ‘कलेजो फेर्नका लागि ४५ लाख खर्च लाग्छ रे । गाउँमा खेती किसानी गरेर बस्ने मैले कसरी जुटाउँ त्यत्रो पैंसा ?’

हिमानीको उपचारमा आर्थिक समस्या भएको आफन्त गोपी गगन पुनले बताए । ‘परिवारको आर्थिक अवस्था निकै कमजोर छ,खेती किसानी गरेर बिहान बेलुकाको छाक टार्ने परिवार हो,’उनले भने,‘देश विदेशमा रहनुभएका सहयोगी मनका धनी व्यक्तिहरूले आर्थिक सहयोग गरिदिने आशामा नानीलाई बचाउन सकिएला कि भनेर सहयोगको अपिल गरेका छौं। सकेजति सहयोग गरिदिन आग्रह गर्दछौं।'

सहयोग गर्न चाहानेहरूले हिमानीका बुबा केशबहादुर अर्गेजाको ग्लोबल आईएमई बैंक गोंगबु शाखा काठमाडौंमा रहेको खाता नम्बर ०३३०९०१२४२०६५२ मा सिधै सहयोग रकम जम्मा गर्न सक्नेछन् ।

यसैगरी सहयोगका लागि ९८६७६४३२२५, ९८४९४६१३३९ मोबाइल नम्बरमा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकहरूलाई नेपालमा स्नातकोत्तर(पीजी) अध्ययन गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औं सत्रमा सम्बोधनका लागि अमेरिकाको न्यूयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँगको भेटवार्ता गरेका छन् । मन्त्री पौडेलका अनुसार भेटका क्रममा राज्यमन्त्री स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र ...
। बुधबारदेखि हङकङमा सुरु हुने हङकङ टी-२०आई प्रतियोगितामा खेल्ने हङकङको टोली घोषणा भएको छ । यासिम मुर्ताजाको कप्तानीमा हङकङको टोली घोषणा भएको हो । टोलीमा बाबर हायात (उपकप्तान), एइजाज खान, अंशुमान रथ, अतीक इक्बाल, आयुष शुक्ला, एहसान खान, हारून अरशद, काल्हान चल्लु, नसरुल्ला राणा, निजाकत खान, शाहिद वासिफ, वकास बर्कात र जीशान अली समावेश छन्। वाकस बर्कात ...
२ हजार बढी आवासीय चिकित्सक सडकमा, निर्वाह भत्ता माग्दा फेल गराइदिने धम्की
ट्रम्पको भन्सार नीतिले विश्व सेयर बजारमा पहिरो
भारतको बिजनौरको नजिबाबाद गढमलपुरमा जन्ती बेहुली नै छाडेर फर्किए