मुख्य समाचार
भारतमा शुक्रबारदेखि मतदान, मोदीको तेस्रो कार्यकालको परीक्षा सुरु
भारतमा शुक्रबारदेखि मतदान, मोदीको तेस्रो कार्यकालको परीक्षा सुरु

: भारतमा शुक्रबार आमनिर्वाचन सुरु भएको छ, जसले भाजपाका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको मुख्य फैसला मतदाताले गर्नेछन्। निर्वाचनमा झन्डै एक अर्ब मतदाता सामेल हुँदैछन्। त्यसका लागि मोदीले प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) नामक करिब दुई दर्जन विपक्षीको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ।


भारतीय संसद्मा दुई सदन (लोकसभा वा जनताको सभा र राज्यसभा वा राज्य परिषद्) छन्। लोकसभाका ५ सय ४५ सिटमध्ये ५ सय ४३ सिटका लागि मतदाताले मतदान गर्ने र बाँकी दुई राष्ट्रपतिले मनोनयन गर्नेछन्। लोकसभाका लागि प्रत्येक पाँच वर्षमा निर्वाचन हुन्छ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मतदाताहरूले एक उम्मेद्वारलाई भोट दिन्छन् र सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्ववारले चुनाव जित्छ। बहुमत सिट जित्ने दल वा गठबन्धनले सरकार बनाउँछ।

विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा १० लाखभन्दा बढी केन्द्रमा मतदान हुँदैछ। निर्वाचनका लागि करिब एक करोड ५० लाख मतदान अधिकृत र सुरक्षाकर्मी खटाइने छन्।




जुन १ सम्म सात चरणमा हुने निर्वाचनको नतिजा जुन ४ मा सार्वजनिक हुनेछ। निर्वाचनसँग जोडिएको खर्च निकै ठूलो रहेको छ। दिल्लीस्थित ‘सेन्टर फर मिडिया स्टडिज’का अनुसार २०१९ को आम चुनावमा ८ अर्ब ६० करोड अमेरिकी डलर खर्च भएको थियो। यस वर्षको लागत १४ अर्ब ४० करोड अमेरिकी डलर नाघ्ने अनुमान गरिएको छ।

मोदी सन् २०१४ मा प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। उनी सन् २०१९ मा पुनः निर्वाचित भए। भाजपाले क्रमशः २ सय ८२ र ३ सय ३ सिट प्राप्त गर्दै दुवै निर्वाचनमा ठूलो अन्तरले जितेको थियो। भाजपा र उसका सहयोगीहरूले आगामी चुनावमा चार सयभन्दा बढी सिट जित्ने लक्ष्य राखेका छन्।

एक दशकमा भारतको आर्थिक उपलब्धि भए पनि केही सञ्चारमाध्यम र विज्ञहरूले वास्तविक आर्थिक कार्यसम्पादन सरकारले दाबी गरेजस्तो राम्रो नभएको र विकासका फाइदाहरू समाजका तल्लो तहसम्म पुग्न नसकेको विश्वास गरेका छन्।

सन् २०१४ मा मोदी सरकारले प्रस्ताव गरेको ‘मेक इन् इन्डिया’ पहलले भारतको आर्थिक वृद्धिमा उत्पादन क्षेत्रको योगदानलाई सन् २०१५ मा १६ प्रतिशतबाट सन् २०२२ सम्म २५ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको थियो। तर यो वास्तवमा १३ प्रतिशतमा झरेको छ। यसले देशमा लगातार उच्च बेरोजगारी दर निम्त्याएको छ। हिन्दुस्तान टाइम्सका अनुसार, ‘लोकनीति–सेन्टर फर द स्टडी अफ डेभलपिङ सोसाइटिज’ द्वारा गरिएको प्रि–पोल सर्वेक्षणले १० हजार १९ उत्तरदातामध्ये आधाभन्दा बढीले मूल्यवृद्धि र जागिरको अभावमा चिन्ता व्यक्त गरेका छन्।

भारतीय किसानहरूले बालीनालीको न्यूनतम मूल्य ग्यारेन्टी गर्ने, किसानको पेन्सन र ऋण माफीलगायतका कानुनको माग गर्दै विगत महिनादेखि विरोध प्रदर्शन गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय कांग्रेसले भारतीय इतिहासमा लामो समयसम्म सत्तामा रहँदा पनि सन् २०१४ को आम निर्वाचनमा राहुल गान्धीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर भाजपाविरुद्ध ठूलो हार बेहोरेको थियो। सन् २०२३ मा २६ विपक्षी दलहरूले ‘इन्डिया’ गठबन्धन गठन गरेको छ।

भारतमा आम आदमी पार्टी (आप) का अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्चमा संघीय सरकारको वित्तीय अपराध एजेन्सीले (इडी) भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो। उनले आफ्नो गिरफ्तारी राजनीतिक प्रेरित भएको बताएका छन्। भाजपाले उक्त आरोप अस्वीकार
गरेको छ।

- रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ । बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ । टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको ...
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...