मुख्य समाचार
आईपीएल २०२४ : अर्को ठूलो स्कोरसँगै हैदरावाद विजयी
आईपीएल २०२४ : अर्को ठूलो स्कोरसँगै हैदरावाद विजयी

— अस्ट्रेलियाका ट्रेभिस हेडले ३२ बलमा ८९ रन बनाएपछि सनराइज हैदरावादले शनिबार आईपीएल २०२४ मा सात विकेट गुमाएर २ सय ६६ रनको अर्को ठूलो स्कोर बनाएको छ र दिल्ली क्यापिटल्समाथि ६७ रनको सजिलो जित हात पारेको छ ।



यसअघि २ सय ७७ र २ सय ८७ रनको स्कोर खडा गर्दै यसै सिजन नयाँ कीर्तिमान बनाएको हैदरावादसामु जवाफी इनिङ्समा दिल्ली १९.१ ओभरमा १ सय ९९ रन बनाएर अलआउट भयो । हैदरवादका टी नटराजनले १९ रनमा चार विकेट लिएर प्रभावशाली प्रदर्शन गरे ।

‘प्लेयर अफ द म्याच’ हेडले ३२ बलको इनिङ्समा ११ चौका र छ छक्का प्रहार गरे । उनले ४६ रन बनाएका अभिषेक शर्मासँग मिलेर पहिलो विकेटका लागि ६.२ ओभरभित्र १ सय ३१ रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...