मुख्य समाचार
युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ
युक्रेनी प्रधानमन्त्री भन्छन् : रुसले युद्ध जित्यो भने तेस्रो विश्वयुद्ध सुरु हुन्छ

— युक्रेनी प्रधानमन्त्री डेनिस सामिहालले यदि युक्रेन रुससँग पराजित भएमा विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् । अमेरिकी संसद्‍मा वैदेशिक अनुदानसम्बन्धी विधेयकमाथि मतदान हुनुअघि युक्रेनी प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।

वासिङ्टन डीसीमा बीबीसीसँगको कुराकानीमा युक्रेनी प्रधानमन्त्री सामिहालले अमेरिकी कंग्रेसले वैदेशिक अनुदानसम्बन्धी विधेयक पारित गर्नुपर्ने बताएका हुन् । अमेरिकी सांसद 'निकै विवादास्पद' मानिएको किभलाई ६१ अर्ब अमेरिकी डलर सहायता दिनेसम्बन्धी विधेयकको पक्षमा उभिनेमा आफू आशावादी रहेकोसमेत प्रधानमन्त्री सामिहालले बताएका छन् ।

उक्त विधेयकमाथि यही शनिबार अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा मतदान हुँदैछ । उक्त प्रस्तावित विधेयकमा इजरायल र एसिया प्रशान्त क्षेत्रलाई सहयोगसमेत समेटिएको छ । बीबीसीसँगको कुराकानीमा युक्रेनी प्रधानमन्त्री सामिहालले भनेका छन्, 'हामीलाई हिजो चाहिएको थियो पैसा । भोलिलाई होइन, आजलाई पनि होइन ।'

रुससँगको युद्धमा युक्रेन पराजित भएमा अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था नै ध्वस्त हुनेसमेत उनको चेतावनी छ । 'यदि हामीलाई बचाँइदैन भने युक्रेन हार्नेछ । यसले अन्तर्राष्ट्रिय सुरक्षा व्यवस्था पनि ध्वस्त हुनेछ । विश्वको सुरक्षाका लागि नयाँ व्यवस्था आवश्यक हुनेछ । फेरि नयाँ तनाव उत्पन्न हुन सक्छ । यस्ता थुप्रै युद्धहरू हुन सक्नेछन् । यो घटना तेस्रो विश्वयुद्धको बाटोमा अगाडि बढ्नेछ ।'

युक्रेनले यसअघि पनि रुससँग पराजित भएमा तेस्रो युद्ध हुने चेतावनी दिँदै आएको छ । गत वर्ष राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युद्ध जितेमा पोल्यान्डमाथि आक्रमण गर्ने र तेस्रो विश्वयुद्ध हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने सीएनएनले उल्लेख गरेको छ । बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ । टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको ...
। युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो । ‘हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै ...
। दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक र सामग्रीगत सहयोग प्रदान गर्न बिहीबार करिब दुई सय मरिनलाई फ्लोरिडामा परिचालन गरिएको छ । यो परिचालन अमेरिकी गृह सुरक्षा विभागले आफ्नो अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) एजेन्सीलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी दमन कार्यमा सहयोग गर्न अनुरोध गरेको पहिलो चरण हो । यो ट्रम्पको दोस्रो कार्यकालको मुख्य ...
। रूस अफगानिस्तानमा तालिबान शासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो देश बनेको छ। बीबीसीका अनुसार अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले यसलाई ‘साहसिक निर्णय’ भनेका छन्। बिहीबार काबुलमा अफगानिस्तानस्थित रूसी राजदूत दिमित्री जिरनोभसँगको भेटमा मुत्ताकीलाई रूस सरकारले अफगानिस्तानको इस्लामी अमीरात अर्थात् इस्लामको कानुनी शासनमा आधारित राज्यलाई मान्यता दिने निर्णयको औपचारिक जानकारी दिएको हो। मुत्ताकीले यो कदमलाई ‘सकारात्मक सम्बन्ध, आपसी ...
। शुक्रबार इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ । ‘मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ’, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ । इस्फहान र तब्रिज ...