मुख्य समाचार
१२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन महिला पक्राउ
१२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन महिला पक्राउ

— अवैध रुपमा बाँकेको जमुनाह नाका हुँदै भारततर्फ लैजाँदै गरेको ठुलो परिमाणको खुकुरी चुरोट बाँके प्रहरीले बरामद गरेको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट १२ सय ८० प्याकेट खुकुरी चुरोट (करिब एक लाख ५८ हजार ७२० मूल्य बराबरको) बरामद गरेको हो ।



अवैध रुपमा नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चुरोटसहित तीन जना महिलालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

चुरोटसहित ढुवानीमा संलग्न तीन जना महिला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । प्रहरीका अनुसार बरामद भएको चुरोटसहित पक्राउ परेका तीनै जनालाई भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ । सौर्यले भनेको छ, ‘यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न ।’ सौर्य एयरलाइन्सको स्थापनाकालबाटै परिवारका रुपमा काम ...
। विमान दुर्घटनामा मृत्यु भएकाहरुको आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरुको अडान छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान बुधबार दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । त्रिवि शिक्षण अस्पताल, फरेन्सिक विभागले मृतकहरुको शव पहिचान गरेर पोष्टमाटम गरिसकेको ...
। नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिको बैंक खातामा रेमिट्यान्स पठाउने सुनिश्चितताका आधारमा विना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । गभर्नर ...
। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाडौं जानुपर्ने स्थिति आएको बताएका छन् । मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको व्यंग्य गरे । केही दिनअघि प्रदेश सभा बैठकमा समेत कंग्रेसका १४ मध्ये ४ जना सांसद मात्रै उपस्थित हुँदा बैठक स्थगित गर्नुपरेको भन्दै उनले भने, ‘उहाँहरू सबै काठमाडौँ ...
: सौर्य एयरलाइन्सले विमान दुर्घटनामा परेका परिवारलाई सहयोग गर्ने जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गरेर साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको हो। ‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्‍भाव सधैं रहने विश्वास दिलाउँछौ। सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनीयता आर्जनका ...