मुख्य समाचार
जसपा सांसद खानले लिइन् शपथ
जसपा सांसद खानले लिइन् शपथ

— जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बनेकी हसिना खानले पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन् । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन्।


मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन्।



मञ्जुको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिना सिफारिस गरिएको थियो । शुक्रबार सभामुख उनलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्पु गाउँका स्थानीयहरू यार्सा सकंलन गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका छन्। उक्त समूहले दुईवटा आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै शनिबार बेलुका ५ बजे स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका हुन्। समूहले गाउँमा रहेका ५८ मध्ये २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई ...
: जिल्ला अदालत काठमाडौंले अदालतको फैसला नमानेको र कार्यान्वयनमा अटेर गरको भन्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीसहित ४ जनप्रतिनिधिलाई जनही एक महिना कैद सजाय सुनाएको छ। न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतको फैसलाको सम्मान नगरी अवज्ञा गरेको देखिएको जनाउँदै सजाय गरेको हो। मेयर अधिकारीसँगै वडा १० का अध्यक्ष नवराज भट्टराई, वडा ८ का अध्यक्ष सुमन तामाङ ...
: नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य,जिल्ला सभापति एमालेमा प्रवेश गरेका छन्। एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम् नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास, सुनसरीका पूर्व जिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका ...
: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको बताएका हुन्। उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजेपनि कांग्रेसले एकपछि ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी श्रमजीवी नागरिकको मुद्दाको पक्षमा उभिएको बताएका छन्। कांग्रेसले आइतबार गरेको सडक प्रदर्शनको भेलालाई सम्बोधन गर्दै उनले सहकारी पीडितको पक्षमा आइपुगेको बताएका हुन्। उनले सहकारीमा जम्मा गरेको रकम जोगाउने पक्षमा रहेको स्पष्ट पारे। उनले सरकार अनुदार शैलीमा भएकाले सच्चिनुपर्ने धारणा राखे। उनले सभामुख रिमोट कन्टोलबाट चलेकाले संसदको गरिमा कायम ...