मुख्य समाचार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान

— वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यलयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जंगलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको हो ।


चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जंगलमा फाल्ने, जंगलमा घाँस पलाउने भन्दै जानाजान आगो लगाउनेलगायत मानवीय गतिविधिका कारण जंगलमा आगो लाग्ने गरेको डिभिजनल वन अधिकृतहरुको भनाइ छ । सिसी क्यामरा जडान गरेर डढेलो लगाउनेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउन वनविद्हरुको सुझाव दिएसँगै सिसी क्यामेरा जडान थालिएको हो ।

कपिलवस्तुका डिभिजनल वन अधिकृत विजय सुवेदीले मानिसले जानाजान जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि सिसी क्यामरा जडानको कार्य अगाडि बढाइएको बताए । 'हाल दुई वटा सिसी क्यामरा जडान भइरहेका छन् । अन्य स्थानमा पनि क्यामरा जडान प्रक्रियालाई प्रथिमकतामा राखेर अगाडि बढ्ने योजना बनाएका छौँ,' उनले भने, 'यति नगरे जंगलमा गएर आगो लगाउने गतिविधि नै रोकिएन । आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि क्यामराले सहज हुनेछ ।'

नेपाल प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले पनि सिसी क्यामरा जडान गरेमा डढेलो नियन्त्रणमा सहज हुने बताए । 'अधिकांश वन डढेलो मानवले जानाजान लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा सिसी क्यामरा जडान गर्नु उचित हुन्छ,' उनले भने, 'यो लगायत वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्राथमिकता दिन जरुरी छ ।'

मानिसले जंगलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । 'यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ,' ऐनमा उल्लेख छ ।

वन डढेलो व्यवस्थापन रणनीति, २०६७ ले डढेलो व्यवस्थापन गर्न आवश्यक नीतिगत तथा संस्थागत संरचनाको निर्माण एवं सुदृढीकरण गर्ने, डढेलो रोकथाम तथा नियन्त्रणमा स्थानीय समुदाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायका परिचालन गर्ने, डढेलोबाट हुनसक्ने जोखिमबारे अग्रिम जानकारी लिनका लागि पूर्वतयारी गर्नेलगायतका लक्ष्य राखेको छ । वन डढेलो नियन्त्रण गर्न सरोकारवालाहरुले ऐन तथा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मुगुम कार्मारोङ गाउँपालिका-१ डोल्पु गाउँका स्थानीयहरू यार्सा सकंलन गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका छन्। उक्त समूहले दुईवटा आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै शनिबार बेलुका ५ बजे स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेका हुन्। समूहले गाउँमा रहेका ५८ मध्ये २३ घरमा वृद्धवृद्धा र बालबालिकालाई ...
: जिल्ला अदालत काठमाडौंले अदालतको फैसला नमानेको र कार्यान्वयनमा अटेर गरको भन्दै बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीसहित ४ जनप्रतिनिधिलाई जनही एक महिना कैद सजाय सुनाएको छ। न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले अदालतको फैसलाको सम्मान नगरी अवज्ञा गरेको देखिएको जनाउँदै सजाय गरेको हो। मेयर अधिकारीसँगै वडा १० का अध्यक्ष नवराज भट्टराई, वडा ८ का अध्यक्ष सुमन तामाङ ...
: नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य,जिल्ला सभापति एमालेमा प्रवेश गरेका छन्। एमाले नगर कमिटी दुहबीले आयोजना गरेको भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा सुनसरीका पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री एवम् नेपाली काँग्रेस पूर्व केन्द्रीय सदस्य सुमित्रा कुमारी विश्वास, सुनसरीका पूर्व जिल्ला सभापति प्रदीप कुमार चौधरीसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका ...
: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेस सहमतिको बाधक बनिरहेको दाबी गरेका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले संसदीय छानविन समिति गठनका विषयमा लचक भएर सत्तापक्षले छलफल गर्दा पनि कांग्रेसले अडान नछाडेको र सहमतिको बाधक बनिरहेको बताएका हुन्। उनले अधिकतम लचक भएर कांग्रेसले भनेका विषयलाई सम्बोधन गर्न खोजेपनि कांग्रेसले एकपछि ...
: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी श्रमजीवी नागरिकको मुद्दाको पक्षमा उभिएको बताएका छन्। कांग्रेसले आइतबार गरेको सडक प्रदर्शनको भेलालाई सम्बोधन गर्दै उनले सहकारी पीडितको पक्षमा आइपुगेको बताएका हुन्। उनले सहकारीमा जम्मा गरेको रकम जोगाउने पक्षमा रहेको स्पष्ट पारे। उनले सरकार अनुदार शैलीमा भएकाले सच्चिनुपर्ने धारणा राखे। उनले सभामुख रिमोट कन्टोलबाट चलेकाले संसदको गरिमा कायम ...