मुख्य समाचार
युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि : बीबीसी
युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि : बीबीसी

— युक्रेनमा ५० हजारभन्दा बढी रुसी सैनिक मारिएको पुष्टि भएको बीबीसीले दाबी गरेको छ । बीबीसी रुसी सेवा र रुसी स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोना र केही स्वयंसेवकहरूको तथ्यांक संकलन र विश्लेषणबाट उक्त संख्यामा रुसी सेनाको मृत्यु पुष्टि भएको दाबी गरिएको हो ।


बीबीसीका अनुसार फेब्रुअरी २०२२ देखि तथ्यांक संकलनको काम भइरहेको थियो । युद्ध सुरु भएदेखि नै बीबीसी र मिडियाजोनका लागि काम गर्ने स्वयंसेवकले ७० वटा चिहानघरमा खनिने नयाँ चिहानको संख्या गनिरहेका थिए ।



रुस-युक्रेन युद्धको पहिलो वर्षभन्दा दोस्रो वर्षमा धेरै रुसी सेना मारिएको पनि समाचारमा उल्लेख छ । चिहानघरहरूमा थपिएका नयाँ चिहानहरूबाट पनि धेरै सैनिकहरूको नाम पत्ता लगाउन सफल भएको बीबीसीको दाबी छ । बीबीसीले लेखेको छ, 'हाम्रो टिमले युद्धमा मारिने सैनिकको संख्या पत्ता लगाउन आधिकारिक रिपोर्ट, स्वतन्त्र रूपमा उपलब्ध सूचना, समाचारपत्र र समाजिक सञ्जालमा उपलब्ध सूचना अध्ययन गरेको थियो ।'

दोस्रो वर्षमा अघिल्लो वर्षमा भन्दा २५ प्रतिशत बढी रुसी सैनिक मारिएको भन्दै बीबीसीले लेखेको छ, 'हाम्रो खोजबाट युक्रेनमा युद्धको दोस्रो वर्षमा २७ हजार ३ सय रुसी सैनिकले ज्यान गुमाएको पुष्टि भएको छ । यसबाट पनि यो थाहा हुन्छ कि रुसले भौगोलिक फाइदाका लागि कति ठूलो मानवीय क्षति बेहोरिरहेको छ ।'

बीबीसीले रुसले पनि यसबारे प्रतिक्रिया दिन नचाहेको जनाएको छ । रुसले २०२२ को सेप्टेम्बरमा सार्वजनिक गरेको भन्दा ८ गुणा बढी सैनिक मारिएको पनि बीबीसीको दाबी छ । रुस-युक्रेन युद्धमा मारिने रुसी सैनिकको संख्या अझ धेरै हुनसक्ने पनि बीबीसीले जनाएको छ । बीबीसीले रुसी कब्जामा रहेको दोनेत्स्क र लुहान्स्कमा मारिएका सैनिक संख्या गणना नभएको बताएको छ ।

युक्रेनतर्फ पनि ठूलो मानवीय क्षति भए पनि आधिकारिक रूपमा भने तथ्यांक अद्यावधिक गरिँदैन । पछिल्लो समय युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले ३१ हजार युक्रेनी सेना युद्धभूमिमा मारिएको बताएका थिए । तर अमेरिकी गुप्तचर निकायहरूले भने उक्त संख्या धेरै ठूलो हुन सक्ने जनाएका छन् ।

बीबीसीले युद्धभूमिमा कैदीहरूलाई सिधै पठाइएको पनि बताएको छ । रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’का प्रमुख येभगेनी प्रिगोजिनलाई जुन, २०२२ मा रुसी सरकारले जेलका कैदीहरूलाई भर्ना गर्न अनुमति दिएको थियो । करिब १५ दिनको सामान्य तालिमपछि उनीहरूलाई सिधै रणभूमिमा पठाइएको थियो । उनीहरू रुसी सरकारको तर्फबाट भाडाका सैनिकका रूपमा युक्रेनविरुद्ध युद्ध लडिरहेका छन् ।

रुसी सरकारले थुप्रै नेपाली युवाहरूलाई पनि भाडाका सैनिकका रूपमा भर्ती गरेको छ । रुसी सेनामा गैरकानुनी रूपमा भर्ती भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३२ पुगिसकेको छ । रुसी सेनामा कति संख्यामा नेपाली भर्ती भएका छन् भन्ने सरकारसँग पनि तथ्यांक छैन ।

वाग्नर समूह कठोर अनुशासनसहित लडाइँ लड्ने लडाकु समूहका रूपमा परिचित छ । वाग्नर समूहले गत फेब्रुअरीसम्म जेलका कैदीबन्दीलाई भर्ती गरिरहेको थियो । तर रुसी सरकारसँग सम्बन्ध बिग्रिएपछि भने रुसी रक्षा मन्त्रालयले वाग्नर समूहबाट सेनामा भर्ती रोकेको थियो । वाग्नर समूहले गत वर्षको जुन महिनामा रुसी सेनाविरुद्ध विद्रोहसमेत गरेको तियो । गत अगस्ट महिनामा विमान दुर्घटनामा वाग्नर प्रमुख प्रिगोजिन मारिएका थिए ।

वाग्नर समूहसँग काम गर्दा कैदीहरूसँग सामान्तया ६ महिनाका लागि सम्झौता गरिने पनि बीबीसीले जनाएको छ । उक्त समयावधिको लडाइँमा बाँचे भने उनीहरूलाई स्वतन्त्र छाडिन्थ्यो । तर गत सेप्टेम्बरमा रुसी रक्षा मन्त्रालयले कैदीहरूले कि नमरुन्जेलसम्म वा युद्ध समाप्त नहुँदासम्म लड्नुपर्ने आदेश दियो । यी दुई विकल्पमध्ये जुनसुकै पहिले आउन सक्छ । तत्काल युद्ध रोकिनेवाला पनि देखिँदैन । पछिल्लो समय रुसी सेनामा भर्ती भएका कैदीबन्दीले परिवारजनलाई सुरक्षित सैन्य पोशाक र बुटहरू किन्न लगाएको पनि बीबीसीले सूचना प्राप्त गरेको जनाएको छ । रुस र युक्रेनबीच युद्ध चलेको २ वर्ष १ महिना नाघिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...