मुख्य समाचार
‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति बेपत्ता’
‘युक्रेनमा युद्ध सुरू भएपछि ३७ हजारभन्दा बढी व्यक्ति बेपत्ता’

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेको मङ्गलबार जनाएको छ।


रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हराइरहेकाहरूको सही सङ्ख्या गणना गर्न कठिन छ। कुनै पनि पक्षले नियमित रूपमा सैन्य हताहतको तथ्याङ्क औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

'बालबालिका, सर्वसाधारण र सेनागरी करिब ३७ हजार मानिस बेपत्ता भएका छन्। यो सङ्ख्या अझै धेरै हुन सक्छ,' युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए।

युक्रेन र रेडक्रसले सन् २०१४ मा मस्को समर्थित पृथकतावादीसँग युद्ध सुरु भएयता रूसले गैरकानुनी रूपमा हिरासतमा लिएका करिब एक हजार ७०० व्यक्तिको पहिचान गरेको उनले बताए।

मानव अधिकारवादी समूहहरूले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन्।

युक्रेनी भूभागको ठूलो हिस्सा युद्धको सुरुवातदेखि नै रूसी कब्जामा रहेको छ। युद्धले धेरै शहर तथा वरपरका इलाकामा तहसनहस पारेको छ र हजारौंको ज्यान लिइसकेको छ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा रूसको आक्रमणपछि कम्तीमा १० हजार ८१० जनाको मृत्यु भएको उल्लेख छ।

स्वतन्त्र पर्यवेक्षकहरूलाई कब्जा गरिएको क्षेत्रहरूमा प्रवेश गर्नबाट रोक लगाइएकाले हताहतको वास्तविक सङ्ख्या ‘धेरै’ हुनसक्ने र यसलाई पुष्टि गर्न गाह्रो छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रुअरीमा युद्धको पहिलो दुई वर्षमा ३१ हजार युक्रेनी सैनिक मारिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...