मुख्य समाचार
काठमाडौं महानगरले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै
काठमाडौं महानगरले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

: काठमाडौं महानगरपालिकाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ।


महानगरले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्ने भएको हो। महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा वैशाख महिना भरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ।

वडा नं ३१ भीमसेनगोलामा वैशाख ५ र ६ गते, वडा नं २५ र २७, इनबहालमा ७, ९ र १० गते, वडा नं ३, महाराजगञ्जमा ११ र १२ गते, वडा नं २६, लैनचौरमा १४ गते, वडा नं २०, भीमसेनस्थानमा १६ गते, वडा नं २१, यंगालमा १७ गते, वडा नं २३, ओमबहालमा १८ गते र वडा नं १५, स्वयम्भूमा २० र २१ गते शिविर हुने मिति तोकिएको छ।


रामघाट प्राथमिक स्वास्थ्य केन्द्रमा २३ गते, वडा नं २, लाजिम्पाटमा २४ गते, वडा नं २४, मखनमा २५ गते, वडा नं २२, टेबहालमा २६ गते, वडा नं १८, नरदेवीमा २७ गते, वडा नं १९, कङ्केश्वरीमा २८ गते, वडा नं ३२, पाल्पाकोट (छाप्रे), कोटेश्वरमा ३० र ३१ गते सर्वसाधारणले सेवा लिन पाउनेछन्। शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भिजिट भिसामा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब ८२ लाख रुपैयाँ ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ठगी गरेर फरार रहेका बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका ३० वर्षीय कमल विश्वकर्मा दुबईमा पक्राउ परेका हुन् । नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा विश्वकर्मालाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ । वैदेशिक रोजगार विभागका अनुसार विश्वकर्माले भिजिट भिसामा दुबई पुर्‍याइदिने ...
। गएको १३ गते बिहान कार्यालय जान घरबाट निस्किएका दिल्ली ओझा हराएको भन्दै घरपरिवारले खोजिदिन आग्रह गरेका छन् । ५२ वर्षीय उनले गाढा निलो क्याप, आकाशे निलो सर्ट, गाढा निलो टाउजर र गोल्ड स्टार जुत्ता लगाएका छन् भने एकातिर कालो झोला बोकेको श्रीमती भीमा ओझाले बताइन् । उनी अल्जाइमर्सका रोगी थिए । त्यसैले घरबाहिर आउजाउ गर्नका ...
। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम सुरु गरेको छ । १७५ जना शिक्षकलाई ७ समूहमा विभाजन गरेर एक पटकमा २५ जनालाई दिइने महानगरपालिकाले जनाएको छ । पहिलो समूहको तालिम सोमबार थहितीस्थित शान्ति शिक्षा मन्दिरमा सुरु भएको छ । महानगर योजना आयोग सदस्य शैलेन्द्र झाका अनुसार ४२ घण्टाको यो तालिममा ...
। नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ । सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताए । यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ । कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन ...
। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने बताएका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको भेटमा श्रेष्ठले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप ...