मुख्य समाचार
नेपाली श्रमिकको सिप विकासमा सघाउन कतारसँग श्रममन्त्रीको आग्रह
नेपाली श्रमिकको सिप विकासमा सघाउन कतारसँग श्रममन्त्रीको आग्रह

। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न कतारसँग आग्रह गरेका छन् ।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीसँग मंगलबार भएको भेटमा मन्त्री अर्यालले नेपाली श्रमिकको सिप विकासमा सहयोग गर्न आग्रह गरेका हुन् ।

‘हामी सिपयुक्त नेपाली श्रमिक रोजगारीमा पठाउन र नेपाली श्रमिकलाई सिपयुक्त बनाउन चाहन्छौं । त्यसैले श्रमिकको सिप विकासमा तपाईंहरूको सहयोगको अपेक्षा गर्छौं,’ मन्त्री अर्यालले भने ।

कतारले नेपाली श्रमिकलाई रोजगारीको लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले धन्यवाद दिए ।

‘कतारले नेपाली श्रमिकलाई समान व्यवहार गरेको छ भन्नेमा म विश्वस्त छु । कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको छ । जुन प्रसंशनीय छ,’ उनले भने ।

नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीले नेपाल कतारको दोस्रो ठूलो स्रोत मुलुक भएको बताए । कतारको विकासमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उनले बताए ।

नेपाली श्रमिकको सिप विकास लागि कतार सहयोग गर्न कतार सधै तयार रहेको उनको भनाइ छ ।

‘नेपाली श्रमिकको सिप विकासका लािग के के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस । हामी सबै खालको सहयोग गर्न तयार छौ,’ उनले भने ।

भेटमा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

कतारमा तीन लाख ६७ हजार ३८९ नेपाली श्रमिक छन् । जसमध्ये पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ छ । कतारले आप्रवासी श्रमिकका लागि पनि न्यूनतम पारिश्रमिक लागु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भिजिट भिसामा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब ८२ लाख रुपैयाँ ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ठगी गरेर फरार रहेका बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका ३० वर्षीय कमल विश्वकर्मा दुबईमा पक्राउ परेका हुन् । नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा विश्वकर्मालाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ । वैदेशिक रोजगार विभागका अनुसार विश्वकर्माले भिजिट भिसामा दुबई पुर्‍याइदिने ...
। गएको १३ गते बिहान कार्यालय जान घरबाट निस्किएका दिल्ली ओझा हराएको भन्दै घरपरिवारले खोजिदिन आग्रह गरेका छन् । ५२ वर्षीय उनले गाढा निलो क्याप, आकाशे निलो सर्ट, गाढा निलो टाउजर र गोल्ड स्टार जुत्ता लगाएका छन् भने एकातिर कालो झोला बोकेको श्रीमती भीमा ओझाले बताइन् । उनी अल्जाइमर्सका रोगी थिए । त्यसैले घरबाहिर आउजाउ गर्नका ...
। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम सुरु गरेको छ । १७५ जना शिक्षकलाई ७ समूहमा विभाजन गरेर एक पटकमा २५ जनालाई दिइने महानगरपालिकाले जनाएको छ । पहिलो समूहको तालिम सोमबार थहितीस्थित शान्ति शिक्षा मन्दिरमा सुरु भएको छ । महानगर योजना आयोग सदस्य शैलेन्द्र झाका अनुसार ४२ घण्टाको यो तालिममा ...
। नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ । सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताए । यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ । कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन ...
। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने बताएका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको भेटमा श्रेष्ठले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप ...