मुख्य समाचार
फोटोकपी पसलको आवरणमा सट्टेबाजी धन्दा, घर–घडेरी जोडेपछि पक्राउ
फोटोकपी पसलको आवरणमा सट्टेबाजी धन्दा, घर–घडेरी जोडेपछि पक्राउ

। सट्टेबाजी गराएर २ वर्षमै ४ करोड कमाइ गरेको देखिएपछि सर्लाहीका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साहलाई प्रहरीले सट्टेबाजी धन्दाको मुख्य एजेन्ट भनेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सर्लाहीबाट पक्राउ गरेर ल्याएको छ ।


अनुसन्धानका क्रममा साहको निर्देशनअनुसार काम गरेको देखिएको भन्दै प्रहरीले मलंगवा नगरपालिका–९ कै १९ वर्षीय रामजी साह र मलंगवा–१० का ३० वर्षका राकेश चौधरीलाई पनि पक्राउ गरेको छ ।

रामजी सञ्जयकै पसलमा काम गर्ने व्यक्ति रहेको खुलेको छ राकेश भने सट्टेबाजीको धन्दामा सहयोगीको रुपमा भूमिकामा रहेको प्रहरीको भनाइ छ ।


सञ्जय भने सट्टेबाजी गराउने विभिन्न गिरोहको नेपालस्थित मुख्य एजेन्ट रहेको प्रहरीले जनाएको छ । सञ्जयमार्फत पछिल्लो दुई वर्षमा सट्टेबाजीको ५७ करोड ४१ लाख ५७ हजार १४७ रुपैयाँको कारोबार भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

सट्टेबाजीको रकम क्रिप्टो (भर्चुअल मुद्रा)मार्फत भुक्तानी हुने गरेको देखिएको छ । सञ्जय वान एक्स बेटिङका नेपाली एजेन्ट रहेको खुलेको छ ।

सञ्जयले सट्टेबाजी गराउनुका साथै क्रिप्टो करेन्सीको समेत कारोबार गरेको देखिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

प्रहरीका अनुसार दुई वर्ष अघिसम्म सञ्जयको आर्थिक अवस्था सामान्य थियो । तर अहिले सर्लाहीको सदरमुकाम सदरमुकाममा घर–घडेरी जोडेका छन् ।

सञ्जयको मलंगवामा लक्ष्मी फोटोकपी सेन्टर, लक्ष्मी मोबाइल स्टोर र जनता गार्मेन्ट नामको पसल छ । तर यी पसलको आवरणमा भित्री रुपमा सट्टेबाजी गराएर धेरै रकम कमाएको देखिएको अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत डीएसपी किरण न्यौपानेले बताए ।

लक्ष्मी कम्युनिकेशन एण्ड फोटोकपी सेन्टरमार्फत सञ्जयले सीमकार्ड समेत बेच्दै आएका थिए । सीमकार्ड किन्न विभिन्न व्यक्तिले पेश गरेको कागजात दुरुपयोग गरेर सञ्जयले बैंक खाता खोल्नेदेखि सट्टेबाजीको एकाउन्ट खोल्ने र सट्टेबाजी गराउने गरेको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले सञ्जयको साथबाट २१ वटा मोबाइल बरामद गरेको छ । सञ्जयले ९८ वटा बैंक खाता खोलेर कनेक्ट आईपीएसमा कनेक्ट गरी कारोबार गरेको भेटिएको थियो । अहिलेसम्म उनले ५७ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको देखिएको छ ।

नेपाली एजेन्ट बनेर सट्टेबाजी गराए वापत उनले ७ प्रतिशत कमिसन लिने गरेको पाइएको प्रहरीको भनाइ छ । आफूले बुझेको ७ प्रतिशतबाट २ प्रतिशत रकम भने सट्टेबाजीका लागि आफ्नो टेलिफोन नम्बरको विज्ञापन गरिदिएवापत वान एक्स बेटको डिस्प्ले एजेन्टलाई बुझाउने गरेको खुलेको छ । उनले गरेको कारोबारको ५ प्रतिशत कमिसन हिसाब गर्दा ४ करोड रुपैयाँ आफूले लिएको देखिएको एक अनुसन्धान अधिकृतले बताए ।

उनले एक महिनाअघि मात्रै सदरमुकाम मलंगवामा श्रीमतीको नाममा ६३ लाखमा घडेरी किनेको खुलेको छ । मलंगवामै २३ लाखमा घर पनि खरिद गरेको देखिएको छ ।

पक्राउ परेकाहरुविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर अन्तर्गत दफा १२५ को जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भिजिट भिसामा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब ८२ लाख रुपैयाँ ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ठगी गरेर फरार रहेका बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका ३० वर्षीय कमल विश्वकर्मा दुबईमा पक्राउ परेका हुन् । नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा विश्वकर्मालाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ । वैदेशिक रोजगार विभागका अनुसार विश्वकर्माले भिजिट भिसामा दुबई पुर्‍याइदिने ...
। गएको १३ गते बिहान कार्यालय जान घरबाट निस्किएका दिल्ली ओझा हराएको भन्दै घरपरिवारले खोजिदिन आग्रह गरेका छन् । ५२ वर्षीय उनले गाढा निलो क्याप, आकाशे निलो सर्ट, गाढा निलो टाउजर र गोल्ड स्टार जुत्ता लगाएका छन् भने एकातिर कालो झोला बोकेको श्रीमती भीमा ओझाले बताइन् । उनी अल्जाइमर्सका रोगी थिए । त्यसैले घरबाहिर आउजाउ गर्नका ...
। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरुमा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको करिअर गाइड (म्यापिङ) सम्बन्धी तालिम सुरु गरेको छ । १७५ जना शिक्षकलाई ७ समूहमा विभाजन गरेर एक पटकमा २५ जनालाई दिइने महानगरपालिकाले जनाएको छ । पहिलो समूहको तालिम सोमबार थहितीस्थित शान्ति शिक्षा मन्दिरमा सुरु भएको छ । महानगर योजना आयोग सदस्य शैलेन्द्र झाका अनुसार ४२ घण्टाको यो तालिममा ...
। नेपालमा वैदेशिक लगानी आह्वान गर्दै तेस्रो लगानी सम्मेलन समापन भएको छ । सोमबार पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समापन समारोहलाई सम्बोधन गर्दै नेपाल तीव्र आर्थिक विकासको यात्रामा प्रवेश गरेको बताए । यसका लागि विदेशी लगानीकर्तालाई खुला हृदयले स्वागत गर्ने उनको भनाइ छ । कुल ८ सय विदेशीसहित २५ सय जनाको सहभागिता रहेको लगानी सम्मेलन ...
। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने बताएका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको भेटमा श्रेष्ठले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप ...