मुख्य समाचार
इजरायली आक्रमणमा हमास नेताका तीन छोरा र तीन नातिनातिना मारिए
इजरायली आक्रमणमा हमास नेताका तीन छोरा र तीन नातिनातिना मारिए

: इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा हमास नेता इस्माइल हनिएका तीन जना छोराहरु मारिएका छन् । हमास नेता हनिएले इजरायलले बदलाको भावनाबाट प्रेरित भएर निहत्था व्यक्तिको हत्या गरेको बताएका छन्।


इजरायली सेनाले पनि बुधबार गाजामा हवाई हमला गरिएको पुष्टि गरेको छ । गाजामा आतङ्कवादी क्रियाकलापमा संलग्न रहेको पाइएपछि हवाई आक्रमण गर्नु परेको सेनाको भनाई छ ।

हमासका अनुसार उक्त आक्रमणबाट हमास नेता हनिएका तीन नातिनातिनाको पनि मृत्यु भएको छ ।

अल–जजिरा टेलिभिजनसँगको अन्तर्वार्तामा हनिएले आफ्ना सन्तानको हत्या भए पनि हमासले इजरायलप्रति नरम नीति अख्तियार नगर्ने र आफूहरु नझुक्ने बताउनु भएको छ ।

हाल अन्तर्राष्ट्रिय पहलमा इजरायल र हमासबीच युद्धबिराम गर्नेगरी वार्ताहरु भइरहेका छन् ।

हानिएले सन् २०१९ मा गाजा छाडेका थिए। उनी हाल कतारमा निर्वासित जीवन बिताइरहेका छन्। गाजामा अहिले हमासका शीर्ष नेताका रुपमा येह्या सिन्वार छन्। सिन्वारकै योजना बमोजिम गत अक्टोबर ७ मा इजरायलभित्र हमासले आक्रमण गरेको थियो । यस आक्रमणमा कम्तीमा एक हजार २०० इजरायलीको मृत्यु हुनुका साथै दुई सयभन्दा बढीलाई अपहरण गरिएको थियो ।

हमासको आक्रमणपछि इजरायलले गाजामा गरेको सैनिक कारबाहीमा ३३ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई मंगलबार निलम्बन गरेको छ । पूर्वकम्बोडियाली नेता हुन सेनसँग भएको फोनवार्ता ‘लिक’ भएपछि सिनावात्रालाई पदबाट राजीनामा दिन चर्को दबाब परिरहेका बेला अदालतले निलम्बन गरेको छ । सिनावात्राले भने उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै मंगलबार जनतासमक्ष माफी मागेकी छन् । ‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने ...
— युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ पहल भइरहँदा इजरायली सेनाले सोमबार समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । इरानसँगको १२ दिने युद्धले विराम लिएपछि इजरायलको गाजासँगको लडाइँ पनि रोकिने सम्भावना बढेको हो । इजरायल–गाजाबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने ...
— संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ । विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भने, 'उत्तर गोलार्द्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने ...
— बंगलादेशमा जुन महिनामा डेंगीका संक्रमित बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी संक्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ । मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट संक्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेंगीका घटनाहरू रेकर्ड गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक ...
— अमेरिकी राष्ट्रपति ट्रम्पले गाजामा ६० दिनको युद्धविरामलाई अन्तिम रुप दिनका लागि इजरायलले आवश्यक सर्तमा सहमति दिएको बताएका छन् । ट्रम्पले ट्रुथ सोसियलमा एक पोस्टमा लेखेका छन्, ‘हामी युद्ध अन्त्यका लागि सबै पक्षसँग मिलेर काम गर्नेछौं ।’ यद्यपि उनले सर्तबारे कुनै जानकारी भने दिएका छैनन् । उनले लेखेका छन्, ‘कतार र मिश्रले शान्ति स्थापनाका लागि धेरै मेहनत ...