मुख्य समाचार
इरानले इजरायलप्रति संयमिता अपनाएकोमा पश्चिमी देशहरूले प्रशंसा गर्नुपर्छ
इरानले इजरायलप्रति संयमिता अपनाएकोमा पश्चिमी देशहरूले प्रशंसा गर्नुपर्छ

इरानले इजरायलप्रति संयमिता अपनाएकोमा पश्चिमी देशहरूले इरानको प्रशंसा गर्नुपर्ने बताएको छ । अप्रिल १ मा सिरियाको राजधानी दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा भएको घातक हमलाको सन्दर्भमा इरानी अधिकारीहरूले यस्तो बताएका हुन्।


यसमा कुल १३ जनाको ज्यान गएको थियो जसमा रिभोल्युसनरी गार्डका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदीको मृत्यु भएको थियो भने उनका सहायक पनि मारिएका थिए।

इरानले शनिबार राति इजरायलतर्फ करिब ३ सय ड्रोन र मिसाइल प्रहार गरेको छ । तर, इजरायलले इरानले प्रहार गरेका ड्रोन र मिसाइलमध्ये ९९ प्रतिशत खसालेको दाबी गरेको छ ।


इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले भने, 'इरानलाई दोष दिनुको सट्टा पश्चिमी देशहरूले आफूलाई जिम्मेवार ठान्नुपर्छ। गाजामा इजरायलले गरेको युद्ध र अपराधमा उनीहरूले के कारबाही गरेका छन् भन्ने जवाफ दिनुपर्छ।'

कनानीले भने, 'पश्चिमी देशहरूले विगत महिनाहरूमा इरानले देखाएको संयमको प्रशंसा गर्नुपर्छ।' यसैबीच इरानसँग निकट मानिने चीन र रुसले दुवै देश (इरान र इजरायल)लाई संयम अपनाउन आग्रह गरेका छन् ।

रुसले इरानको आक्रमणको आलोचना गरेको छैन । चीनको विदेश मन्त्रालयले पनि शान्ति कायम राख्न अपिल गरेको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेन र रुसबीच चलिरहेको भीषण युद्धको बीचमा अमेरिकाले युक्रेनलाई केही हतियार आपूर्ति बन्द गरेको छ। ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई मध्यनजर राख्दै उक्त निर्णय गरेको बताएकी छन्। अमेरिकी रक्षा विभागले अन्य देशहरूलाई अमेरिकी सैन्य सहयोग र सहयोगको समीक्षा गरेपछि यो निर्णय लिएको हो। फेब्रुअरी २०२२ मा रुसी आक्रमणपछि अमेरिकाले युक्रेनलाई अर्बौं डलरको ...
— थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई मंगलबार निलम्बन गरेको छ । पूर्वकम्बोडियाली नेता हुन सेनसँग भएको फोनवार्ता ‘लिक’ भएपछि सिनावात्रालाई पदबाट राजीनामा दिन चर्को दबाब परिरहेका बेला अदालतले निलम्बन गरेको छ । सिनावात्राले भने उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै मंगलबार जनतासमक्ष माफी मागेकी छन् । ‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने ...
— युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा युद्धविरामका लागि नयाँ पहल भइरहँदा इजरायली सेनाले सोमबार समुद्री किनारको विश्राम क्षेत्रमा २४ जनासहित कम्तीमा ५१ जनाको हत्या गरेको गाजाको नागरिक सुरक्षा एजेन्सीले जनाएको छ । इरानसँगको १२ दिने युद्धले विराम लिएपछि इजरायलको गाजासँगको लडाइँ पनि रोकिने सम्भावना बढेको हो । इजरायल–गाजाबीचको २० महिनाभन्दा लामो लडाइँका कारण गाजामा खाद्यान्न, आवास र पिउने ...
— संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ । विश्व मौसम सङ्गठनका प्रवक्ता क्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भने, 'उत्तर गोलार्द्धमा जुलाई महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने ...
— बंगलादेशमा जुन महिनामा डेंगीका संक्रमित बढ्दा यस वर्ष अहिलेसम्म १० हजारभन्दा बढी संक्रमित हुनुका साथै ४२ जनाको मृत्यु भएको जनाइएको छ । मे महिनामा एक हजार सात सय ७३ मानिस भाइरल रोगबाट संक्रमित भएपछि जुनसम्म पाँच हजार नौ सय ५१ थप डेंगीका घटनाहरू रेकर्ड गरिएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशालय (डिजिएचएस) ले सोमबार सार्वजनिक ...