मुख्य समाचार
इंग्ल्याण्ड ‘सी’सँग खेल्न नेपालको प्रारम्भिक टोली घोषणा
इंग्ल्याण्ड ‘सी’सँग खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

। इंग्ल्याण्ड सी टिमसँग आगामी मे मा हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् ।


बहराइनविरुद्ध विश्वकप छनोटको दुई खेल खेल्न गएका २३ जनामध्ये २२ जना यथावत छन् भने टिममा ६ खेलाडी थप गरिएको छ । थपिएका खेलाडीमा गोलकिपर सन्तोष महत, डिफेण्डरहरू रोहित चन्द, विमल पाण्डे, योगेश गुरुङ, मिडफिल्डर फत्तेमान घले र फरवार्ड राजेश परियार छन् ।

बहराइन गएका सुमित श्रेष्ठ भने टिममा परेका छैनन् ।


गोलकिपर : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, सन्तोष महत

डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, विशाल बस्नेत, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, रोहित चन्द, विमल पाण्डे, योगेश गुरुङ

मिडफिल्डर : भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, उत्सव राई, फत्तेमान घले

फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव विष्ट, राजेश परियार

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...