मुख्य समाचार
नेपालको दुवै जितमा दीपेन्द्र प्लेयर अफ द म्याच
नेपालको दुवै जितमा दीपेन्द्र प्लेयर अफ द म्याच

। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा नेपालको सुरुवाती दुबै खेलमा प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई जिताउन शानदार अलराउन्ड प्रदर्शन गरेका दीपेन्द्रले प्लेयर अफ द म्याच अवार्ड पाएका हुन् ।

शनिबार दोस्रो खेलमा कतारलाई ३२ रनले हराउन दीपेन्द्रले ६४ रन बनाउनुको साथै दुई विकेट लिए । दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

दीपेन्द्रले २० औं ओभरमा कतारका मध्य गतिका बलर कमरान खानलाई ६ बलमा ६ छक्का हानेका थिए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् ।

पहिलो खेलमा शुक्रबार मलेसियालाई ५ विकेटले हराउन दीपेन्द्रले २० रन बनाउनुको साथै २ विकेट लिएका थिए । १४४ रनको विजयी लक्ष्य पछ्याएको नेपाललाई तल्लोक्रममा उनले ११ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण २० रन जोडेका थिए ।


नेपालले अब सोमबार हङकङ र बुधबार साउदी अरेवियासँग खेल्नेछ । समूह ए मा नेपाल ४ अंकका साथ शीर्ष स्थानमा छ । समूह बी मा युएई २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

समूह बी मा युएई, कुवेत, ओमान, बहराइन र कम्बोडिया छन् । हरेक समूहका दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...