मुख्य समाचार
६ बलमा ६ छक्का हानेपछि दीपेन्द्रसिंह ऐरी : ‘चौथो छक्कापछि ढुक्क भएँ अरु दुई छक्का हान्न सक्छु’
६ बलमा ६ छक्का हानेपछि दीपेन्द्रसिंह ऐरी : ‘चौथो छक्कापछि ढुक्क भएँ अरु दुई छक्का हान्न सक्छु’

। शनिबार ओमानमा भएको एसीसी प्रिमियर कप २०२४ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेर इतिहास रचेका छन् ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले बिसौं ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका हुन् ।

दीपेन्द्रले कतारका मध्य गतिका बलर कमरान खानलाई लगातार छक्का हानेका थिए । उनले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । त्यस्तै आसिफ शेखले ५२, कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन जोडे ।

२११ रनको लक्ष्य पछ्याएको कतार ९ विकेट गुमाएर १७८ रनमा अलआउट भएपछि नेपालले खेल ३२ रनले जितेको थियो । बलिङतर्फ पनि दीपेन्द्रले दुई विकेट लिएका थिए । बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए ।


शनिबारको खेलको प्लेयर अफ दि म्याच चुनिएका दीपेन्द्रले खेलपछि भने, ‘मैले पहिलादेखिनै बलिङ, ब्याटिङ र फिल्डिङको अभ्यास यस्तै गर्थेँ । त्यही कुरा अहिले काम लागिराखेको छ ।’ त्यसपछि उनले थपे, ‘चौथो छक्कापछि मलाई लाग्यो कि अरु दुई छक्का हान्न सक्छु ।’

दीपेन्द्रले टोलीको विश्वासका कारणले नै आफूले राम्रो प्रदर्शन गर्न सकेको बताए । ‘एकदमै खुसी लागेको छ । कीर्तिमान बनाउन सकेँ । टिमले मलाई एकदमै सपोर्ट गर्छ । कोचले पनि फिनिसरको रुपमा नै हेर्नुहुन्छ । टिमले एक अर्कालाई सपोर्ट गर्दा म यहाँ छु’, उनले भने ।

दीपेन्द्रले २०८१ सालको सबै नेपालीलाई शुभकामना पनि दिएका छन् । ‘सबैलाई नयाँ वर्षको शुभकामना । हामीलाई सधैं यस्तै सहयोग गर्नुहोला । हामी नेपाललाई यस्तै जितका साथ आउने छौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ
। केलिएन एमबाप्पेको पेनाल्टीमार्फत गरेको एक मात्र गोल मद्तमा रियल मड्रिडले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा मंगलबार राति भएको खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गर्दै ३ अंक जोडेको हो । रियललाई जिताउन एमबाप्पेले ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । ओसासुनाका जुवान क्रुजले एमबाप्पेलाई फल गरेपछि रियलले पेनाल्टी पाएको थियो ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो पाँचौं खेलमा नेपालले बुधबार मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने रेनेगेड्सको कप्तानमा बिग ब्यास लिगमै टोलीको कप्तानी गर्ने विल सदरल्याण्ड छन् । नेपाल हालसम्म खेलेका ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...