मुख्य समाचार
व्यापार विश्लेषक भन्छन्- ‘पुष्पा २’ ले भारतमा १०० करोडको ओपनिङ गर्न सक्छ
व्यापार विश्लेषक भन्छन्- ‘पुष्पा २’ ले भारतमा १०० करोडको ओपनिङ गर्न सक्छ

। अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ को टिजरले उत्तरदेखि दक्षिणसम्मको भारतीय फिल्म उद्योगमा हलचल मच्चाएको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शले यो फिल्मले बक्स अफिसमा ठूलै ओपनिङ गर्न सक्ने बताएका छन् ।

‘पुष्पा झुक्ने छैन । अब यो बक्स अफिसमा सत्य साबित हुँदैछ,’ उनले भने, ‘बक्स अफिसमा ठूलै कमाइ हुनेछ । म भन्न चाहन्छु कि यसले बक्स अफिसमा प्रचण्ड आँधी ल्याएर आउनेछ । अल्लु अर्जुनले बक्स अफिसमा राज गर्नेछन् ।’


अल्लु अर्जुनको जन्मदिनमा उनी अभिनित यो फिल्मको टिजर सार्वजनिक गरिएको थियो । यो फिल्मले साउथ बाहेक हिन्दीमा पनि ठूलो नाफा कमाउने बताइएको छ । भारतीय फिल्मका व्यापार विश्लेषकहरु ‘पुष्पा २’ पान इण्डिया फिल्म रहेको र यसले हलचल मच्चाउने प्रक्षेपण गरेका छन् ।

व्यापार विश्लेषक रमेश बालाले भने, ‘पुष्पा २ सन् २०२४ को एक मात्र पान इन्डिया फिल्म हो, जसबाट दक्षिण र उत्तर दुवैबाट ठूलो अपेक्षा छ । पुष्प २ बाहुबली र आरआरआरको विरासतलाई अगाडि बढाउने फिल्म हो । पुष्पा २ लाई लिएर देशभरका मानिस निकै उत्साहित छन् ।




उनले भने, ‘पुष्पा २ को बारेमा जति चर्चा चलिरहेको छ, त्यो अरु कुनै फिल्ममा देखिएको छैन । प्रभासले अभिनय गरेका अन्य फिल्म ‘कल्की’ र ‘देवरा’जस्ता फिल्म आउन बाँकी छन् । यी फिल्मको तुलनामा पुष्पा २ सबैभन्दा बढी चर्चामा छ ।

‘पुष्पा २’ अजय देवगनको ‘सिंघम अगेन’सँग भिड्दैछ । व्यापार विश्लेषक गिरीश वानखेडेले अल्लु अर्जुनको फिल्म ‘पुष्पा’को हिन्दी संस्करणले उत्तर भारतीय दर्शकको मनमा स्थान बनाएको भन्दै यो फिल्ममा ब्लकबस्टर फ्रेन्चाइज बन्ने सबै तत्व रहेको बताए ।

बक्स अफिसको दृष्टिकोणबाट हेर्दा अहिले नै केही टिप्पणी गर्न हतार नभएको विश्लेषक बाला बताउँछन् । यदि यसको कथावस्तु पुष्पाको पहिलो भागजस्तै उत्कृष्ट भए १०० करोडको ओपनिङ गर्दै एक हजार करोड भारु कमाउन सक्ने विज्ञ बताउँछन् ।

वानखडेले यो ५०० करोड वा एक हजार करोडको कुरा नभएर त्योभन्दा पनि बढी कमाइ हुने दाबी गरे । प्रदर्शक अक्षय राठीले यसको हाइप हेर्दा सोलो रिलिज हुने सम्भावना रहेको बताए । उनले यो फिल्मले हिन्दीमा मात्रै ४०-५० करोडको ओपनिङ गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कलाकार प्रकाश सपुतले यहाँस्थित नेपाली राजदूत शंकर शर्मा र दूतावासका सांस्कृतिक विभाग हेर्ने अधिकारी गोकुल बस्नेतसँग भेट गरेका छन् । राजदूत शर्मासँगको भेटमा सपुतले नेपाली फिल्मलाई स्वदेशसँगै भारतमा पनि एकसाथ प्रदर्शनमा ल्याउने व्यवस्थामा सहजीकरण गर्न आग्रह गरेका थिए । ‘भारतमा नेपालीको संख्या ठूलो छ, यहाँ आएर कार्यक्रम गर्दा हजारौं नेपाली दर्शकको अपार सहभागिता र माया पाएँ, ...
। विश्वकै सबैभन्दा जेठो मानिने प्रसिद्ध भेनिस फिल्म फेस्टिभलको ८२ औं संस्करण सुरु भएको छ । महोत्सव दुई सातासम्म चल्नेछ । महोत्सवको ओपनिङ फिल्मको रुपमा इटालीका पाओलो सोरेन्टिनोद्वारा निर्देशित ‘ला ग्राजिया’ थियो जसले उत्साहजनक प्रशंसा पायो । टोनी सर्भिल्लो अभिनित यो फिल्मले इच्छामृत्यु र विवादास्पद माफीसहित नैतिक र राजनीतिकरुपमा दुविधाग्रस्त विचार व्यक्त गर्ने इटालियन राष्ट्रपतिको कथा ...
। अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । (ट्रेलर हेर्न यो लिंकमा क्लिक गर्नूस ) यो फिल्म सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई एट्के- रिजोलुसनमा खिचिएको चीनको पहिलो लाइभ एक्सन फिल्म बताइएको छ । ६ महिनासम्म पृथ्वीको कक्षमा रहेको शेन्झाउ–१३ मिसनको कथामा आधारित यस फिल्ममा ...
। गोल्डेन ग्लोब अवार्ड विजेता हलिउड अभिनेता टेरेन्स स्ट्याम्पको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । टेरेन्स ‘सुपरम्यान’ फ्रान्चाइजीको खलपात्र जनरल डजको भूमिकामा परिचित छन् । यसबाहेक, उनी द हन्टेड मेन्सन र मर्डर मिस्ट्रीजस्ता लोकप्रिय फिल्ममा देखा परे । स्ट्याम्पको परिवारले मृत्युको बारेमा आधिकारिक नोट जारी गरेको छ । त्यसमा लेखिएको छ, ‘टेरेन्स स्ट्याम्प एक अभिनेता ...
— सुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् । रोक्को सोमबार २५ वर्षका लागेका छन् । ‘परम आदरणीय फादर, कृपया गाजामा जानुहोस् ...