मुख्य समाचार
अन्तिम बलमा राशिदको चौकासँगै राजस्थानमाथि गुजरातको रोमाञ्चक जित
अन्तिम बलमा राशिदको चौकासँगै राजस्थानमाथि गुजरातको रोमाञ्चक जित

। अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्समाथि तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो ।

१९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साई सुदर्शन ३५, विजय शंकर १६, राहुल टेवाटिया २२ र राशिद खानले २४ रन बनाए ।


गुजरातलाई अन्तिम ओभरमा जित्नलाई १५ रन चाहिएको थियो । अन्तिम बलमा २ रन चाहिंदा आवेश खानलाई राशिद खानले चौका हान्दै रोमाञ्चक जित दिलाए ।्

राजस्थानका कुलदिप सेन ३, युजभेन्द्र चहल २ र आवेश खानले १ विकेट लिए ।


त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । राजस्थानका रियान परागले ४८ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७६ रन बनाए । सन्जु स्यामसन ३८ बलमा ७ चौका र २ छक्कासहित ६८ रन बनाए । तेस्रो विकेटला लागि सन्जु र रियानले ७८ बलमा १३० रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर यशस्वी जैसवाल २४, जस बटलर ८ र शिम्रन हेटमायरले १३ रन बनाए । गुजरातका राशिद खान, मोहित शर्मा र उमेश यादवले एक/एक विकेट लिए ।

राजस्थान ५ खेलमा ४ मा जित र एक मा हारसहित ८ अंकका साथ शीर्षस्थानमा छ । गुजरात ६ खेलमा समान ३ मा जित र हारसहित छैटौं स्थानमा छ । समान ६ अंक भए पनि नेटरनरेटको आधारमा कोलकाता दोस्रो, लखनउ तेस्रो, चेन्नाइ चौथो र हैदराबाद पाँचौ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...