मुख्य समाचार
आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी
आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

— सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।


यस्तै वेस्ट इन्डिज लेजेन्ड ब्रायन लारासँग कुराकानी गरेर प्रभावित भएका अभिषेक शर्माले ६३ रन जोडे । यससँगै हैदरावादले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पाँच विकेटमा बनाएको २ सय ६३ रनको स्कोरलाई उछिनेको थियो । हैदरावादको इनिङ्समा १८ छक्का र १९ चौका सामेल थियो ।

दक्षिण अफ्रिकी जोडीमध्ये हेनरिक क्लासनले ३४ बलमा ८० र एडेन मारक्रमले ४२ रन पनि बनाए । उनीहरूले १ सय १६ रनको नटआउट साझेदारी गरे । मुम्बईले पनि बलियो जवाफ दिए पनि पाँच विकेटमा २ सय ४६ रन मात्रै बनाउन सक्यो । पूरा खेलमा दुवै टिमको गरेर ३८ छक्का प्रहार भएका थिए ।

यस्तै पूरा खेलमा दुवै टिमको स्कोर गरेर ५ सय २३ रन बनेको थियो । आईपीएलको १७ वर्षको इतिहासमा यो नै अहिलेसम्मको समग्रमा उच्च स्कोर हो । मुम्बईको भने यो लगातार दोस्रो हार हो र यसले टिमका नयाँ कप्तान हार्द्धिक पान्ड्यामाथि थप विवाद सिर्जना भएको छ । विवादबीच रोहित शर्मालाई हटाएर उनलाई नेतृत्वको अवसर दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...
: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शनिबार केर्न्सको केजली स्टेडियममा खेलिएको थियो। खेलमा आयोजक अष्ट्रेलियाले २ विकेटले रोमाञ्चक जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जित्नका लागि १७३ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाले एक बल बाँकी रहँदा हासिल गर्‍यो। यो जितसँगै अष्ट्रेलियालीले टी–२० शृङ्खला २–१ ले जितेको छ। टी–२० अन्तर्राष्ट्रिय ...
: एसिया कप २०२५ का लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा गरिएको छ। आइतबार गरिएको टोलीको घोषणा अनुसार प्रतियोगितामा सलमान अली आघाले पाकिस्तानी टोलीको कप्तानी गर्नेछन्। स्टार खेलाडी बाबर आजम र मोहम्मद रिजवानले १७ सदस्यीय पाकिस्तानी टोलीमा स्थान पाएका छैनन्। बाबर र रिजवानले पछिल्ला केही टी–२० शृङ्खलामा मौका पाएनन्। उनीहरूलाई एसिया कपमा पनि टिममा राखिएको छैन। ...
: भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका पदाधिकारीहरूले यू–१७ राष्ट्रिय महिला टिमलाई बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टिम भन्दा अहिलेको यू–१७ टिम राम्रो बनेको बताए। ...